दुई सहसचिवलाई कारवाहीका लागि सिफारिस

छानबिन समितिले गृहका दुई सहसचिवलाई कारवाहीका लागि सिफारिस गरेको छ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित दुईवटा समितिले फरक फरक छानबिन समितिले सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई कारबाही गर्न समितिले सिफारिस गरेको हो । कप्तानगञ्ज घटनाबारे सहसचिव भूपेन्द्र थापा र गोलबजारमा भएको घटनाबारे गृह मन्त्रालयकै अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो । शाहीको संयोजकत्वमा रहेको समितिमा नेपाल प्रहरीका एसपी मोहनकुमार थापा, सशस्त्र प्रहरीका एसपी नरेश भण्डारी, प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका डीएसपी पवनकुमार ढुंगाना र गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याल सदस्य रहेका थिए भने यस्तै भुपेन्द्र थापाको नेतृत्वमा अर्काे समिति बनेको थियो । उक्त समितिले प्रतिवेदन बुझाएको महिना पुग्न लाग्दा पनि न कारबाही प्रक्रिया अघि बढाएको छैन । एक महिना बित्दा पनि दुई समितिले बुझाएका प्रतिवेदन दराजमै थन्किएका छन्। समितिका सदस्यहरुका अनुसार,यी दुबै घटनामा ती जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारीहरुलाई कारवाहीका लागि सिफारिस गरिएको छ ।

बिज्ञापन

 

बिज्ञापन

दुई समुदायको बिचमा भएको विवाद सुरु भएपछि भएको झडपमा परेर सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा ३ जनाले ज्यान गुमाए । साउन १० मा भएको सो घटनाको असर मधेस प्रदेशेको सिरहामा पनि फैलियो। साउन १४ मा सिरहाको गोलबजारमा प्रदर्शन हुँदा प्रहरीसँगको झडपमा परेर १८ वर्षीय गणेश यादवले ज्यान गुमाए । दुवै घटनाका मृतकहरूलाई सरकारले सहिद घोषणा गरेको छ । कप्तानगञ्जको झडपमा मृत्यु हुनेमा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहता छन् । चारै जनाको मृत्यु ‘सुरक्षाकर्मीको गोली लागेर’ भएको छानबिन समितिको निष्कर्ष छ ।

दुवै समितिले सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको निष्कर्ष निकालेका छन् । समितिले दुई जना प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा कमान्डरहरूलाई कारबाही गर्न सिफारिस गरेको छ । कप्तानगञ्ज घटनामा सुरक्षा व्यवस्थापनमा चुकेको भन्दै समितिले इलाका प्रहरी कार्यालय देवानगञ्जका तत्कालीन इन्स्पेक्टर राकेश राई, जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का र सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतलाई कारबाही गर्न सिफारिस गरिएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एसपी बासु पाठक, डीएसपी रमेश पाल र इलाका प्रहरी कार्यालय गोलबजारका तत्कालीन इन्स्पेक्टर सुदन केसीलाई कारबाही गर्न सिफारिस गरिएको छ । इन्स्पेक्टर केसीलाई अहिले त्यहाँबाट सरुवा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

९ उपसचिवको सरुवा : २ पुगे संघीय मन्त्रालयबाट स्थानीय तह

दुई सहसचिवलाई कारवाहीका लागि सिफारिस

अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रधानमन्त्री भेटेर निस्कँदै गर्दा किस्पाङ अध्यक्ष तामाङ सिंहदरबारबाट पक्राउ

बाढी गएको १९ दिनपछि प्रधानमन्त्रीले भेटे जनप्रतिनिधिलाई

अख्तियार छिर्‍यो नागार्जुन नगरपालिकामा : करोडौँ तलब–भत्ता बुझ्ने आलेप अधिकृत गिरीमाथि छानबिन

यी हुन् श्रम मन्त्रालयका रैथाने कर्मचारीहरू

बिशेष