छानबिन समितिले गृहका दुई सहसचिवलाई कारवाहीका लागि सिफारिस गरेको छ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित दुईवटा समितिले फरक फरक छानबिन समितिले सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई कारबाही गर्न समितिले सिफारिस गरेको हो । कप्तानगञ्ज घटनाबारे सहसचिव भूपेन्द्र थापा र गोलबजारमा भएको घटनाबारे गृह मन्त्रालयकै अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो । शाहीको संयोजकत्वमा रहेको समितिमा नेपाल प्रहरीका एसपी मोहनकुमार थापा, सशस्त्र प्रहरीका एसपी नरेश भण्डारी, प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका डीएसपी पवनकुमार ढुंगाना र गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याल सदस्य रहेका थिए भने यस्तै भुपेन्द्र थापाको नेतृत्वमा अर्काे समिति बनेको थियो । उक्त समितिले प्रतिवेदन बुझाएको महिना पुग्न लाग्दा पनि न कारबाही प्रक्रिया अघि बढाएको छैन । एक महिना बित्दा पनि दुई समितिले बुझाएका प्रतिवेदन दराजमै थन्किएका छन्। समितिका सदस्यहरुका अनुसार,यी दुबै घटनामा ती जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारीहरुलाई कारवाहीका लागि सिफारिस गरिएको छ ।
बिज्ञापन
बिज्ञापन
दुई समुदायको बिचमा भएको विवाद सुरु भएपछि भएको झडपमा परेर सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा ३ जनाले ज्यान गुमाए । साउन १० मा भएको सो घटनाको असर मधेस प्रदेशेको सिरहामा पनि फैलियो। साउन १४ मा सिरहाको गोलबजारमा प्रदर्शन हुँदा प्रहरीसँगको झडपमा परेर १८ वर्षीय गणेश यादवले ज्यान गुमाए । दुवै घटनाका मृतकहरूलाई सरकारले सहिद घोषणा गरेको छ । कप्तानगञ्जको झडपमा मृत्यु हुनेमा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहता छन् । चारै जनाको मृत्यु ‘सुरक्षाकर्मीको गोली लागेर’ भएको छानबिन समितिको निष्कर्ष छ ।
दुवै समितिले सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको निष्कर्ष निकालेका छन् । समितिले दुई जना प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा कमान्डरहरूलाई कारबाही गर्न सिफारिस गरेको छ । कप्तानगञ्ज घटनामा सुरक्षा व्यवस्थापनमा चुकेको भन्दै समितिले इलाका प्रहरी कार्यालय देवानगञ्जका तत्कालीन इन्स्पेक्टर राकेश राई, जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का र सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतलाई कारबाही गर्न सिफारिस गरिएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एसपी बासु पाठक, डीएसपी रमेश पाल र इलाका प्रहरी कार्यालय गोलबजारका तत्कालीन इन्स्पेक्टर सुदन केसीलाई कारबाही गर्न सिफारिस गरिएको छ । इन्स्पेक्टर केसीलाई अहिले त्यहाँबाट सरुवा गरिएको छ।



























