सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।भर्खरै बसेको क्याबिनेट बैठकले पौडेललाई वैशाख १८ गतेदेखि लागु हुनेगरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

हालका आईजीपी राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदैछन् । पौडेल आईजीपी बढुवाको पहिलो दाबेदार थिए । उनी १८ चैत २०५४ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा सेवा प्रवेश गरेका थिए ।

बिज्ञापन

उनीसँगै आईजीपीको बढुवाका लागि सीमा विभागमा कार्यरत एआईजी वंशी दाहाल र कार्य विभागमा कार्यरत एआईजी गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा थिए । सरकारले सिनियर एआईजी पौडेललाई आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । पौडेल ६ जेठ २०७९ मा एआईजीमा बढुवा भएका थिए । पौडेलले १८ चैत २०८४ सम्म  संगठन प्रमुखको जिम्मेवारी निर्वाह गर्ने छन् ।

नवनियुक्त आईजी पौडेल र अवकाश हुने अर्याल नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाका व्याची हुन । उनीहरु नेपाल प्रहरीको १११ औँ टोलीका अधिकृत हुन् । उक्त टोलीको भर्ना मिति २०५४ फागुन १८ हो । नेपाल प्रहरीका आईजी दानबहादुर कार्की पनि सोही टोलीका अधिकृत हुन् । अर्याल, पौडेलसहितका अधिकृत २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा उक्त संगठनमा समायोजित भएका थिए । सुर्खेत सदरमुकाम वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलाका जन्मिएका पौडेलले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर (एमपीए) गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३० हजार घुससहित खाद्य प्रविधिका प्राविधिक सहायक सन्जय चौधरी पक्राउ

निजामती विधेयकको मस्यौदामा ३ हजार बढी सुझाव,प्रशासन सुधार महाशाखा प्रमुखले गर्दैछन् विश्लेषण

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

सशस्त्र प्रहरी महानिरीक्षकमा पाैडेल नियुक्त

अध्यादेश ल्याउँदै सरकार

अपरान्ह मन्त्रिपरिषद्को बैठक,अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइने तयारी

बिशेष