नगरपालिकामा उपसचिवको दरबन्दी भए पनि संघीय सरकारले शाखा अधिकृतलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाउँदा त्यहाँ कार्यरत सातौं र आठौं तहका कर्मचारीहरु मर्कामा परेका छन् ।
बिज्ञापन
संघीय मामिला मन्त्रालयले हालैमात्र १८ जना शाखा अधिकृतहरुको सरुवा गर्दा ४ जना शाखा अधिकृतहरुलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको हो ।
यसरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने शाखा अधिकृतहरु सुशिल कुमार साह,संजीव साह,सुनिल पौडेल र शम्भुनाथ झा रहेका छन् । मन्त्रालयले यमुनामाई गाउँपालिकाबाट बलरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको सुशिल कुमार साहलाई । सो पालिकाको प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीलाई डेढ महिनामै मन्त्रालयमा तानेर त्यहाँ शाखा अधिकृत साहलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो मन्त्रालयले । साह यस अघि २ बर्ष सोही पालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । उनैलाई जनप्रतिनिधिहरुको चाह अनुसार प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाएको हो,मन्त्रालयले । त्यहाँ सातौं तहका कौशलेन्द्र मिश्र कार्यरत रहेका छन्,उनी स्वास्थ्य सेवाका कर्मचारी हुन । यस्तै भूमि मन्त्रालयकै शाखा अधिकृत सुनिल पौडेल पाख्रिवास नगरपालिकाको प्रमुख अधिकृतको जिम्मेवारी दिएर खटाएको छ मन्त्रालयले । यस अघि विज्ञान कोइरालालाई सूर्याेदय नगरपालिकामा खटाएर त्यहाँ शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको हो मन्त्रालयले । पालिकामा यस अघि उपसचिवले नै प्रमुख प्रशासकीय अधिकृत चलाउँदै आएका थिए ।
बिज्ञापन
मन्त्रालयको निर्णयका कारण पहिलो पटक शाखा अधिकृत प्रमुख प्रशासकीय भएर आउँदैछन् । यस अघि केही बर्ष अगाडि गोर्खे बहादुर तमाङ ले सो पालिका केही समय निमित्त चलाएका बाहेक त्यहाँ अधिकांश उपसचिव नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए । सो पालिकामा अधिकृत आठौं तहका अनिस काफ्ले,प्रशासनकै ओमबहादुर आले मगर,नरेन्द्रकुमार लिम्बु कार्यरत रहेका छन् भने सातां तहका मनोज भट्टराई,पर्शुराम श्रेष्ठ लगायतका कर्मचारीहरु कार्यरत छन् ।
यस्तै मन्त्रालयले भूमि मन्त्रालयका शाखा अधिकृतको जिम्मेवारीमा रहेका संजीव साहलाई हरिपुर नगरपालिका,सर्लाहीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ मन्त्रालयले । यस अघि सो पालिकामा उपसचिव ओम प्रकाश महत्तो,कमल कार्की,दिवाकर भुजेल लगायतले प्रमुख प्रशासकीय अधिकृत चलाएका थिए । वित दश महिनादेखि अधिकृत आठौं तहका विनय पौडेलले सो पालिकाको प्रशासनिक नेतृत्व गरिरहेका थिए । सो पालिकामा आठौं तहका विनयका अलवा इञ्जिनियर विवेक कुमार यादव,लेखा हेर्दै आएका भुपेन्द्र कुमार सिंह,शिक्षा अधिकृत नागेश्वर राय कार्यरत छन् । उनीहरु ७६ सालका अधिकृत हुन । मन्त्रालयले ८० अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाएको छ । त्यो पनि जनप्रतिनिधिहरुसँग समेत समन्वय नगरी । यस्तै मन्त्रालयले दिपेश कुमार झालाई शम्भुनाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।
बिज्ञापन
मन्त्रालयले स्थानीय तहहरुमध्ये नगरपालिका र उपमहानगरपालिकामा सहसचिव,नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाउँदै आएको थियो । यसरी खटाइएकामध्ये अधिकांश पालिकामा खटाइएका कर्मचारीहरु जान नमाने पछि अब शाखा अधिकृतलाई नै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको जनाएको छ । यस अघि दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको कर्मचारीमध्ये बरिष्ठ कर्मचारीलाई आर्थिक र प्रशासनिक अधिकारसहितको निमित्तको जिम्मेवारी दिइदैं आएकोमा अब निमित्त को राज हटाउन भन्दै मन्त्रालयले नयाँ तरिका अपनाएको हो ।
मन्त्रालयले हाललाई १० वर्ष अनुभव भएका शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाउने भनिए पनि शाखा अधिकृत भएका दुई बर्ष पूरा भएका अधिकृतहरुलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको भेटिएको छ ।यसरी जुनियर शाखा अधिकृतलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाएसँगै सातौं आठौं तहका अधिकृतहरुले शाखाबाट टिप्पणी उठाएर जुनियर हाकिमका अगाडि कसरी लैजालान ? सो पालिकाको कार्यसम्पादन कस्तो होला ? हेर्न चाहिँ बाँकी छ ?
अब शाखा अधिकृतलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी


























