अटेरी सहसचिव कुलमानद्धारा पुरस्कृत : बरियता मिचेर विवादित बोहरालाई महानिर्देशक

के निजामती क्षेत्र भनेकै शक्ति र पैसा हुनेको मात्र हो ? चलखेलमा माहिर कर्मचारीहरु सधै आकर्षक अड्डामा काम गर्ने अवसर पाउने अनि शक्ति र पहुँच नपुग्ने कर्मचारीहरु दुर्गम भेगमै सडिरहनु पर्ने । उनीहरुले कहिले राम्रा र आकर्षक मानिने कार्यालयमा काम गर्ने अवसर नपाउने ?

बिज्ञापन

केही यस्ता फष्ट क्लासका अफिसरहरु छन कि उनीहरुलाई रोजेर वा खोजेकै कार्यालय चाहिन्छ । सकेसम्म राजधानीभित्रकै ए ग्रेडकै कार्यालय चाहिने,अन्यन्त्र जानै नमान्ने पछिल्ला समय निजामती वृत्तमा यस्ता ‘डन’ प्रवृत्तिका कर्मचारीहरुको बोलबोला बढ्न थालेको छ । जेनजीको राजमा प्रशासन क्षेत्रमा यस्ता विकृती र विसंगतीहरु देखिदैन होला भन्ने अपेक्षा थियो तर फेरि त्यस्तै बदनाम कर्मचारीहरुको बोलबोला हुन थालेका छन् । हालैमात्र कुलमान घिसिङ ले एक कनिष्ठ कर्मचारीलाई शहरी विभागको डिजी बनाएका छन् । कुलमानले महानिर्देशक बनाएका सहसचिव तिनै हुन,जो यस अघि गरिएको प्रदेशमा सरुवा भएको भए पनि एक दिन समेत सो प्रदेश नटेकी विभागको महानिर्देशक बन्न सफल भएका हुन ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउन २६ मा ७२ जना सहसचिवको सरुवा गरेको थियो । उक्त सरुवा गरिँदा प्राविधिकतर्फका इन्द्रदेव भट्टलाई बाग्मती प्रदेश,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,बाग्मती प्रदेशमा कार्यरत मोहनकुमार शाक्यलाई मुख्यमन्त्री कार्यालय कर्णाली प्रदेश,ईश्वरचन्द्र मरहठ्ठालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती ल्याइएको थियो भने नयाँ सहर आयोजनाबाट मिलन आचार्यलाई कोशी प्रदेश,चुर्णबहादुर ओलीलाई उर्जा मन्त्रालयबाट लुम्बिनी प्रदेशमा खटाइएको थियो ।

बिज्ञापन

यस्तै,कोशी प्रदेशबाट अशोक साह भौतिक मन्त्रालय,विष्णु भण्डारी लुम्बिनी प्रदेशबाट शहरीमा भित्रदा अवकाशको मुखमा रहेका गणेशराज वस्तिलाई मधेश प्रदेशतिर पुर्याइएको थियो । सोही सरुवा सूचीको ४८ औं नम्बरमा रविन्द्र बोहरालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश खटाइएको थियो । तर प्रदेशमा एक दिन पाइला नटेकी उनी यस अघि कार्यरत रहेको शहरी पूर्वाधार प्रविधि अनुसन्धान तथा तालिम केन्द्रमा बसे ।

जेनजीको सरकार बनेसँगै कुलमान घिसिङले आफू अनुकुलको टिम बनाउँदै गर्दा यस अघि प्रकाशमान सिंहले खटाएका नेवार कम्युनिटीका सहसचिवहरु सरुवामा परे । यसरी सरुवामा परेका सहसचिवहरुमा मचाकाजी महर्जनलाई शहरी विभागबाट बाग्मती सभ्यतामा पुर्याइएको छ भने प्रर्किण तुलाधरलाई विभागको उपमहानिर्देशकबाट सरुवा गरेर उपत्याका विकास प्राधिकरणमा पठाएका छन् ।

यस्तै रोशन श्रेष्ठलाई पुर्ननिर्माण महाशाखाबाट भवन निर्माण तथा प्रविधि महाशाखातिर पठाइएको छ । यसरी नेवार समुदायका सहसचिवहरु पेलिँदा विगतमा बदमासीमा मुछिएका सहसचिव रविन्द्र बोहरालाई भवन निर्माण विभागको महानिर्देशक बनाएका छन्,कुलमानले ।

रविन्द्रलाई महानिर्देशक बनाइँदा बरियता समेत मिचिएको छ । हाल शहरी विकास मन्त्रालयमा बरिष्ठताका आधारमा पद्य मैनाली सबैभन्दा सिनियर हुन । उनी पछिका सहसचिवहरुमा रामचन्द्र दंगाल दोश्रो ,नवराज प्याकुरेल तेस्रो बरियतामा रहेका छन् भने चक्रवर्ती कन्ठ चौथौं रहेका छन् । यस्तै मन्त्रालयमा कार्यरत रहेका दिलिप भन्डारी,भ्रष्ट्राचार मुद्धा परेर निलम्बनमा परेका नारायण भन्डारी उनी पछिको बरियतामा रहेका छन् ।
हालै सरुवामा परेका मचकाजी महर्जन सातौं उनी पछि आठौं बरियतामा छन् प्रकिर्न तुलाधार । सिनियारिटीका आधारमा चक्रवर्ती कण्ठ,दिलिप भण्डारी र प्रर्किण तुलाधरहरु विभागको नेतृत्वमा पुग्नुपर्ने हो तर बरियता मिचेर महानिर्देशक बनाइएको छ रबिन्द्र बोहोरा । विभागमा उनी पछिका सहसचिवहरु हुन,एकराज अधिकारी,सुनिलकुमार ठाकुर,प्रकाश अर्याल र लिला खतिवडा । जसमध्ये ठाकुर आगामी माघमा अवकाशमा जाँदैछन् ।

यसरी कुलमानले एकातिर वरियता मिचेर,अर्काेतिर निजामती सेवा ऐन अनुसार खटाइएको ठाउँमा तीन महिनासम्म नगइ अटेरी गर्ने कर्मचारीलाई पुरस्कृत गरेर विभागको नेतृत्व सुम्पिएका छन् । विगतमा विवाद र बदनामीमा मुछिएका सहसचिवलाई आकर्षक नियुक्ति दिलाएका हुन,मन्त्री घिसिङले । बोहरा तीन बर्ष अघि तत्कालीन सचिव रमेश सिंहसँगको मिलेमतोमा परामर्शदाता छनौंटमा गम्भीर बदमासी गरेका थिए ।

बोहरा यस अघि मेटमणि चौधरी मन्त्रीबाट बिदा भए पनि प्रधानमन्त्रीकै काँधमा उक्त मन्त्रालय हुँदा उनी कनिष्ठ भएर पनि तीन तीन वटा जिम्मेवारी पाएका थिए । सो समयमा १३औं नम्बरका सहसचिव बोहरालाई अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सदस्य सचिवका अलवा एनयुजीआईपी र बन्चरेडाँडा आयोजनाको जिम्मेवारी दिइएको थियो । उनै बोहरा बोहरा विश्व बैंकको सहयोग रहेको नेपाल अर्बन गभर्नेन्स एण्ड इन्फाष्ट्रक्चर प्रोजेक्ट ९एनयुजीआईपी०को प्रमुख र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुखका रुपमा कार्यरत रहेको समयमा बोहराले कुनै एक कन्सलटेन्सीसँग सेटिङ गरी करोडौ रकम नेपाल सरकारलाई नोक्सान पारेका थिए । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विश्व बैंकको सहयोग रहेको एनयुजीआइपी–युडीएसटी आयोजनाको परामर्शदाता छनोटमा राम्रै चलखेलमा समेत रविन्द्रको नाम जोडिएको थियो सो समयमा । जसरी कुनै पनि परीक्षामा पहिल्यै प्रश्नपत्र बाहिर आएपछि त्यो परीक्षा रद्द हुन्छ । तर, एनयुजिआइपी–युडिएसटीको मूल्यांकनको गोप्य मापदण्ड पहिले नै इआरएमसी–उदय कन्सलटेन्सीलाई दिएको रहस्य खुलिसक्दा पनि टेण्डर रद्द नगरी सट्याकसुटुक काम गराइएको थियो । सो समयका आयोजना प्रमुख रवीन्द्र बोहोराले गोप्य रहनुपर्ने प्राविधिक मूल्यांकन प्रस्ताव नै सेटिङ भएको कन्सलटेन्सीलाई दिएको र ऊ नै परामर्शदाता छनोट गराउने काम उनै बोहराको समयमा भएको थियो ।

परामर्शदाता छनौंटमा गम्भीर चलखेल गरेका सहसचिवलाई कुलमानको उपहार :बनाए महानिर्देशक

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती

सुरक्षाकर्मी दुरुपयोगमा पूर्व मुख्यसचिवदेखि गृहसचिवसम्म, १७ फिर्ता

पूर्व राजाको अर्बाैको सम्पत्तिमा व्यापारीको रजाई

अटेरी सहसचिव कुलमानद्धारा पुरस्कृत : बरियता मिचेर विवादित बोहरालाई महानिर्देशक

स्वास्थ्य र सञ्चारमन्त्रीले अझैं बुझाएनन् सम्पत्ति विवरण, ८ मन्त्रीका विवरण गोप्य

जेनजी आन्दोलनमा भएको क्षति विवरण उपलब्ध गराउन पालिकाहरुलाई पत्राचार

मधेशका २४ सहित २५ स्थानीय तहले अझैं पेश गरेनन बजेट

जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर र झापाबाट दुई जना पक्राउ

बिशेष