नापी प्रमुखहरुको सरुवाको तयारी,यस्तो छ ४४ उपसचिवहरुको पृष्टभूमि

कर्मचारी सरुवामा विचौलिया हावी हुँदा विगतमा बदनामी कमाएको भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रायले आज दर्जनौं उपसचिवहरु चलाउने तयारी गरिरहेको छ । दशैं बिदाको पूर्व सन्ध्यामा एकै पटक मालपोत प्रमुखहरुको सरुवा गरेको मन्त्रालयले तिहार विदाको छेको पारेर नापीका प्रमुखहरु हेरफेर गर्ने तयारी गरिरहेको छ ।
विगतदेखि नै भूमि मन्त्रालय विचौलिया प्रमोद खड्काको कारण बदनाम छ । कर्मचारी सरुवामा ऐन,नियम होइन विचौलिया खड्काकै इशारामा उनी अनुकुलका कर्मचारीहरुलाई आकर्षक कार्यालयमा फिट गराइने धन्दा चल्दा मन्त्रालय बदनाम हुन पुगेको छ । सादगी सचिवका रुपमा चिनिएका केदारनाथ शर्मा र न्याय पृष्टभूमिबाट मन्त्रीको जिम्मेवारी सम्हालिरहेका अनिकुमार सिन्ह्वा श्रीमानहरु कसरी काम गर्दछन्,उनीहरुकै अग्नि परीक्षाको समय रहेको नापी र मालपोतका जानकार कर्मचारीहरु टिप्पणी गर्न थालेका छन् ।

बिज्ञापन

मन्त्री अनिलकुमार सिन्हाले ‘विवादरहित, इमान्दार,र क्षमतावान व्यक्तिलाई अवसर दिन’ सचिव केदारनाथ शर्मा र कर्मचारी प्रशासन हेर्दै आएका सहसचिव  मदन कोइरालालाई स्पष्ट निर्देशन दिएका भए पनि विचौलियाको रजगज चल्दै आएको सो मन्त्रालयले गर्न लागेको सरुवामा इमान्दारभन्दा पनि आर्थिक चलखेल गर्न सक्ने, विवादित र बिचौलियासँग नजिक रहेका व्यक्तिहरूले पुनः आकर्षक कार्यालयमा पुग्ने सक्ने, मन्त्री र सचिवको सोझोपनाको फाइदा उठाउँदै आफू निकटका व्यक्तिलाई उपत्यकामा खटाउन उनी सक्रिय भएर लागेको स्रोतहरुको भनाई छ । यो सरुवाप्रति विभागका महानिर्देशक प्रकाश जोशीले खासै रुची नदेखाएको बताइन्छ। यसले गर्दा मन्त्रीको निर्देशन विपरीत इमान्दार र सक्षम कर्मचारीहरू पछाडि पारिने र “चलखेल गर्न सक्ने”र पटक पटक अवसर पाइरहेका विवादित उपसचिवहरुले नै उपत्यका आकर्षक कार्यालय पाउन सक्ने चाँजोपाँजो मिलाइरहेका छन् ।

बिज्ञापन

स्रोतका अनुसार आज हुन लागेको सरुवामा कम्तिमा २० उपसचिवहरु हेरफेर हुँदैछन् ।  तीमध्ये अधिकांश कर्मचारीले उपत्यका र आकर्षक स्थानमा पुनः जिम्मेवारी पाउने संकेत देखिएको छ।

कर्मचारी प्रेसले मन्त्रालय मातहत रहेका विभिन्न ४४ उपसचिवहरुको पृष्टभूमि खोतल्ने प्रयास गरेको छ ।  निजामती किताबखानाबाट प्राप्त विवरण अनुसार,ती उपसचिवहरुको बिषयमा विभाग,मन्त्रालयका अधिकारीहरुसँग उनीहरुको बिषयमा बुझ्दा –

बिज्ञापन

उपसचिव मणिप्रसाद रेग्मी २०६० पुष १५ देखि सेवामा छिरेका हुन्। ०६७ फागुन २९ गते उपसचिवमा बढुवा भएका उनी ०९० भाद्र २ मा अनिवार्य अवकाशमा घर जाँदैछन्। भर्खर भैरहवा पुगेका उनी उपत्यका लगायत देशका सबै आकर्षक स्थानहरूमा बसिसकेका कर्मचारीमा पर्दछन् ।

यस्तै, नारायण कुमार श्रेष्ठ ०५४ साउन १ गतेदेखि निजामती सेवामा पाइला राखेका कर्मचारी हुन ०६७ चैत्र ९ गते उपसचिमा बढुवा भएका उनी ०८४ असार १३ गते अनिवार्य अवकाशमा गएर जाँदैछन् उनी बिरामी कर्मचारी हुन् ।

पूर्व गृहमन्त्री रमेश लेखकका नातेदारका रुपमा चिनिएका केशवराज ०५६ वैशाख १६ गते निजामती सेवामा प्रवेश गरेका हुन् । ०६७ चैत ९ गते उपसचिवमा उक्लिएका उनी अहिले कलंकी नापीमा कार्यरत छन्।

अर्काे उपसचिव छन्,रमेश ज्ञवाली,जो ०६० पौष १५ गते सेवामा प्रवेश गरेका कर्मचारी हुन । उनी हाल लगनखेलका कार्यालय प्रमुखको कुर्सीमा छन् ।

०५६ सालमा निजामती सेवामा पाइला राखेका कमल घिमिरे ६८ सालका उपसचिव हुन । विभागका उपसचिवहरुमध्य तुलनात्मक रुपमा इमान्दार मानिन्छन् ।
यस्तै ५६ सालमा सेवा प्रवेश गरेका संजय छत्कुली ०७९ चैत १७ मा उपसचिवमा उक्लिएका हुन । उनी पनि अवसर लिएका तर  उपत्याका नबसेका कर्मचारीमा पर्दछन् ।

०५२ साल चैत ८ गते सेवा प्रवेश गरेका शत्रुधन यादव ०७० चैतमा उपसचिवमा उक्लिएका उनी सिनियर भएर पनि उपत्याका नबसेका कर्मचारीका रुपमा चिनिन्छन् ।कार्यक्षमतामा कमजोर रहेका कर्मचारीका रुपमा चिन्छन्,मन्त्रालयका कर्मचारीहरु उनलाई ।

शिवप्रसाद लम्साल : ०६० माघ १६ गते निजामती सेवामा प्रवेश गरी ०७१ वैशाख ५ गते उपसचिवमा बढुवा भएका थिए। यस अघि डिल्लीबबजार कार्यालयको नेतृत्व गरिसकेका कर्मचारी हुन ।

यस्तै अशोक कुमार भुसाल ०६० माघ ८ मा सेवामा पाइला राखेर ०७१ वैशाखमा उपसचिव उक्लिएका हुन । उनले यस अघि नै डिल्लीबजार कार्यालयको नेतृत्व गरिसकेका छन् ।

डिल्लीराज भण्डारी ०६३ असार ९ गते सेवामा प्रवेश गरी ०७१ वैशाख ५ गते उपसचिवमा बढुवा भएका थिए। हाल डिल्ली बजारमा कार्यरत छन्। उनी तुलनात्मक हिसाबले सज्जन गनिन्छन् ।

सन्दिप कुमार साह ०६३ असार ९ गते सेवामा प्रवेश गरी ०७१ वैशाख ५ का उपसचिव हुा । नेपालमा सबैभन्दा धेरै घर जग्गा कारोवार हुने सुनसरी नापीमा बसेर प्रशस्तै कमाइसकेका कर्मचारीका रुपमा चिनिन्छन् ।

यस्तै,अर्काे उपसचिव छन्,विकासकुमार कर्ण जो ०५६ माघ २१ गते सेवामा प्रवेश गरेर ०७१ जेठ १ गते उपसचिवमा बढुवा भएका उनी अहिले विभागमा कार्यरत छन् । भूउपयोगको पालिकास्तरीय कामको देशभरको ठेक्का लिएर काम गर्ने गर्दछन्। तर मान्छे इमान्दार गरिन्छन्।

उमेश कुमार २०६२ भाद्र २२ मा सेवामा प्रवेश गरी ०७१ जेठ १ गते उपसचिवमा बढुवा भएका उनी अत्याधिक अवसर पाउने कर्मचारीका रुपमा चिनिन्छन् । यस अघिका मन्त्री बलराम अधिकारी हुँदा भक्तपुर नापी प्रमुख हुने कन्फर्म थियो । विचौलियाहरुकै जोडबलमा उनी भक्तपुर वा ललितपुर पुग्ने बताइएको भए पनि जनकपुर मालपोतको प्रमुखको भूमिकामा छन् ।

यस्तै,अर्काे उपसचिव छन्,राकेश कुमार झा,०६३ पुस १८ गते निजामती सेवामा प्रवेश गरी ०७१ जेठ १ गते उपसचिवमा उक्लिएका हुन । कार्यक्षमता कमजोर रहेका उनी  साहित्य लेखनमा अगाडि छन् ।

दयानन्द जोशी २०६३ असार ८ गते सेवामा प्रवेश गरेर ०७१ फागुन ११ गते उपसचिवमा बढुवा भएका हुन । धेरै अवसर पाउने कर्मचारीका रुपमा चिनिन्छन् । यस अघि उनी चाबहिल लगायत सबै ठाउँमा बसिसकेका छन् । हाल उनी नापी विभागको योजनामा कार्यरत छन्।

यस्तै,ज्ञानेन्द्र कुमार बिष्ट ०६० फागुन ४ गते सेवामा प्रवेश गरी ०७२ वैशाख ६ गते उपसचिवमा बढुवा भएका हुन । उनी पनि धेरै अवसर लिने कर्मचारीमा गनिन्छन्।

सुदर्शन सिंह धामी २०६१ भदौ १ गते सेवामा प्रवेश गरेका थिए । ०७२ वैशाख ६ गते उपसचिवमा बढुवा भएका उनी कित्ता नापीका लागि फिट मानिन्छन् । उनी पनि पटक पटक अवसर लिने कर्मचारीमा चिनिन्छन् ।

टङ्क दाहाल २०५३ मंसिर ६ गते सेवामा प्रवेश गरेका हुन् २०७२ वैशाख ९ गते उपसचिमा बढुवा भएका उनी । अधिकांश समय तालिम केन्द्र र विभाग बाहेक कतै गएको देखिदैन ।

सुरेश जोशी २०६३ जेठ ४ गते सेवा प्रवेश गरेका हुने २०७२ वैशाख ९ गते उपसचिवमा बढुवा भएका उनी धेरै अवसर लिएका विवादित व्यक्तिगत रूपमा चिनिन्छन् । त्यस्तै महानिर्देशकसँग सम्बन्ध पनि राम्रो नभएको चर्चा चल्ने गर्दछ।

रामविनाय कुमार सिंह २०५४ असार ३१ गते सेवामा प्रवेश गरी ०७२ फागुन ११ गते उपसचिवमा बढुवा भएका उनी अवकाशको मुखमा छन् ।

दिनेश काफ्ले २०६३ असार १८ गते सेवा प्रवेश गरेका हुन्। २०७२ फागुन २९ गते उपसचिवमा बढुवा भएका उनी भूउपयोग आयोजनाको अरबौँमा खेलेका उनी पोखरा लिचीबारी जग्गा काण्डको गर्भधारण गराउने व्यक्तिगत रुपमा चिनिन्छन् । लिचीबोट काण्डका प्रमुख रूपमा चिनिन्छन् ।

यस्तै शान्ति बस्नेत ०६३ पुष १८ गते सेवामा प्रवेश गरी ०७२ फागुन २९ गते उपसचिवमा उक्लिएका हुन ।
गिरिशकुमार लाल कर्ण २०५६ माघ १३ गते सेवामा प्रवेश गरेर ०७३ असार १ गते उपसचिवमा बढुवा भएका उनी मन्त्रालय विभाग धेरै बसेका कर्मचारी हुन । यस अघि भक्तपुर पनि बसिसकेका छन्।

दामोदर ढकाल २०६५ पुस १६ मा सेवामा प्रवेश गरेका हुन् । २०७३ कार्तिक १९ गते उपसचिवमा बढुजा भएका उनी कार्यालय प्रमुख बन्ने इच्छा राखेका छैनन् ।

अजित कुँवर २०६३ पुष १८ गते सेवामा प्रवेश गरी ०७३ फागुन २७ गते उपसचिवमा बढुवा भएका उनी परासीको प्रमुख हुँदा कर्मचारीको दैनिक भ्रमण भत्ता विवादमा परेका थिए । विभागका पैसामा विदेश पढेर आएका उनी हाल विभागको भूउपयोग शाखा प्रमुख छन् । उनी महानिर्देशकको क्लासमेट समेत हुन् ।

खिमबहादुर राना २०६७ भदौ २३ गते निजामती सेवामा पाइला राखेर ०७४ असार १४ गते उपसचिवमा उक्लिएका कर्मचारीका रूपमा चिनिन्छन् । तर पटकपटक नापी अधिकृत तथा प्रमुख भई भ्याली बसिसकेका व्यक्ति हुन्।

जनक बहादुर भण्डारी ०५३ असार २४ गते सेवा प्रवेश गरी ०७५ वैशाख १३ गते उप सचिवमा बढुवा भएका उनी साह्रै बाठो चतुर खेलाडीका रूपमा कर्मचारीहरु चिन्दछन् । हरेक तवरबाट उपत्यका छिर्न प्रयास गर्दै आइरहेका छन्। तत्कालीन मन्त्री दामोदर भण्डारीको पालामा उनको सम्भावना बढी थियो ।

दामोदर वाग्ले २०५३ कार्तिक २९ गते सेवा प्रवेश गरी ०७५ वैशाख १३ गते उपसचिवमा उक्लिएका उनी यस अघि ललितपुर बसिसकेका कर्मचारी हुन ।

  जनकराज भट्ट ०५६ माघ २ गते सेवा प्रवेश गरी ०७५ वैशाख १३ गते उपसचिवमा बढुवा भएका उनी नापी अधिकृत सर्वेक्षकमा उपत्यका धेरै पटक बसिरहेका कर्मचारी हुन । सहसचिव गणेश भट्टको सिफारिसमा एक नम्बरमा पर्ने व्यक्ति हुन्। पाँच करोडको घर किनिसकेका उनी निकै कमजोर नेतृत्व क्षमता रहेको व्यक्ति हुन्।

पूर्णप्रसाद पाण्डे २०५६ माघ ६ गते सेवा प्रवेश गरेका उनी ०७५ वैशाख १३ गते उपसचिवमा उक्लिएका हुन । अधिकृत हुँदा दुई कार्यकाल भ्याली बसिसकेका छन् ।

खिमलाल गौतम २०६१ साउन ३१ गते सेवामा प्रवेश गरी ०७५ जेठ २९ गते उपसचिवमा बढुवा भएका हुन्। २०९९ कार्तिक २५ गते अनिवार्य अवकाश हुने उनी आफू जान्ने सुन्ने भएको दाबी गर्ने स्वभावका छन्।अव्वल क्षमताका कर्मचारीका रुपमा चिनिने उनी सर्भेक्षकदेखि उपसचिवसम्म उपत्यकामा बस्ने अवसर पाएका छैनन् ।

लेखनाथ दाहाल २०५९ चैत १३ गते सेवा प्रवेश गरेका हुन्। ०७५ जेठ २९ गते उपसचिव भइ आगामी ०९३ असोज १३ गते अनिवार्य अवकाशमा घर जान्छन् । सरुवा हुन भने इच्छा राखेका छैनन् ।

हरेराम यादव २०५९ चैत १९ गते सेवा प्रवेश गरेका हुन् । २०७५ जेठ २९ गते उपसचिवमा बढुवा भएका उनी नापी अधिकृत हुँदा ललितपुरमा ४ करोड कमाएको हल्ला कर्मचारीवृत्तमा चल्ने गर्दछ । चतुर स्वभावका उनी लेखापढी र कर्मचारीलाई होइन सिधै मलाई हिसाब हुनुपर्छ भन्नेवाला कर्मचारी हुन्। सेवा प्रवाह भन्दा आफूलाई कति आउँछ भनेर हिसाब कहिले खोज्ने चर्चित र सिपालु कर्मचारी गनिन्छ ।

पूर्णहरी सुवेदी २०५२ चैत १९ गते सेवा प्रवेश गरी ०७६ फागुन ७ का उपसचिव हुन । उनी जुन कार्यालयमा बस्छन् त्यहाँ विवाद मचाउने कर्मचारीका रूपमा चिनिन्छन् ।

सुनिल आनन्द २०६० फागुन २१ गते सेवा प्रवेश गरी ०७६ फागुन ७ गते उपसचिवमा बढुवा भएका उनी सोझो र सबैसँग कोर्डिनेसन गर्न सक्ने क्षमता भएका कर्मचारीका रुपमा चिनिन्छन् ।

सुमन किशोर मिश्र २०६२ भदौ २२ गते सेवामा प्रवेश गरेका हुन्। २०७६ फागुन ७ गते उपसचिवमा बढुवा भएका उनी जहाँ गयो त्यही लफडा निकाल्ने कर्मचारीको रूपमा चिनिन्छन् ।

नरबहादुर चन्द २०६५ पुस १ गते सेवा प्रवेश गरेका उनी ७६ फागुन १३ गते उपसचिव हुन । अति अवसर लिएको जयबहादुर चन्दको पावर प्रयोग गरिराख्ने कर्मचारी हुन् । हालैमात्र अख्तियारमा पुगेका छन् ।

कृष्ण सिंह बिष्ट २०७६ भदौ २१ गते सेवा प्रवेश गरेका हुन्। समन्वय नगर्ने उनको मुख्य समस्या रहेको कर्मचारीहरु बताउँछन् ।

प्रशान्त घिमिरे २०६९ असार १४ गते सेवा प्रवेश गरेका गरी ०७७ माघ २१ गते उपसचिवमा बढुवा भएका उनी लालच नभएको व्यक्तिको रूपमा चिनिन्छन् ।

सञ्जीवन श्रेष्ठ २०६९ असार २३ गते सेवा प्रवेश गरी २०७७ माघ २१ गते उपसचिवमा बढुवा भएका उनी लामो समय मन्त्रालयमा बसिसकेका कर्मचारी हुन् । हरिशरण नेपाल २०६९ साउन २३ गते सेवा प्रवेश गरी ०७७ माघ २१ गते उपसचिवमा बढुवा भएका हुन्। तुलनात्मक रूपमा इमान्दार कर्मचारीको रुपमा गनिन्छ महानिर्देशकको अतिप्रिय पात्रको रुपमा चिनिन्छन् ।

सुमिर कोइराला २०७१ भदौ १८ गते सेवामा प्रवेश गरी ०७७ माघ २१ गते उपसचिवमा उक्लिएका उनी पनि महानिर्देशकका प्रिय पात्रको रूपमा चिनिने कोइराला महानिर्देशककै सिफारिसमा विभागमा सरुवा भएको छ। भू उपयोगको करोडौंमा खेलिसकेका छन्।

सुभाष भण्डारी २०६८ असार १ गते सेवा प्रवेश गरेका,०७८ असोज २२ गते उपसचिवमा बढुवा भएका उनी हालसालै पोखरामा सरुवा भएका छन्। प्रदीप सापकोटा उपाध्याय ०५६ माघ ४ गते सेवा प्रवेश गरी ०७८ चैत ७ गते उपसचिवमा बढुवा भएका उनी हाल भक्तपुरमा कार्यरत छन् ।

श्रीधर ढुङ्गाना २०६७ असोज १ गते सेवा प्रवेश गरी ०७८ चैत ९ गते उपसचिवमा बढुवा भएका उनी भर्खरै बेलबारीबाट उनको माग अनुसार चितवनमा सरुवा गरिएको छ।

महेश्वर कार्की,२०७२ असार २८ गते सेवा प्रवेश गरेका उनी ०७८ चैत १४ गते उपसचिवमा उक्लिएका हुन । हाल भूमि आयोगमा कार्यरत छन्। सञ्जय मानन्द ०५९ चैत १३ गते सेवा प्रवेश गरी ०७९ असार २४ गते उपसचिवमा बढुवा भएका हुन । सर्लाही दुर्घटनामा परेका कर्मचारी हुन्।

पुरण चौधरी २०६७ भाद्र २० गते सेवा प्रवेश गरेका उनी ०७९ सालका उपसचिव हुन । मदिराका शौखिन कर्मचारीका रुपमा चिनिन्छन् ।
हेर्न बाँकी छ यीमध्ये कस्तो कस्तो उपसचिवहरुले कार्यालयको नेतृत्व गर्ने अवसर पाउनेछन् । सम्भवत मदन कोइरालाले उपसचिवहरूको सरुवा गरेर आज नै भूमि व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी लिने चर्चा मन्त्रालयतिर चर्चा सुन्न थालिएको छ ।

उपत्यका नापी प्रमुख बन्न दौडधुप

विवादित उपसचिवहरु उपत्यका छिर्न लाखौंको चलखेल,विवादमा तानिदैं मन्त्री अधिकारी

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

बिशेष