अर्थमन्त्रीको सुशासनको गफ : राजश्व विभागमै छन् दरबन्दी बाहिरका १४ स्थायी कर्मचारी

एकातिर सरकारी कार्यालयमा दरबन्दी घटाउने चर्चा चलिरहँदा अर्थ मन्त्रालय मातहतको राजश्व अनुसन्धान विभागमा स्थायी दरबन्दीभन्दा बाहेकका १४ जना कर्मचारी कार्यरत रहेको पाइएको छ ।
कार्यालको स्वीकृत भएको दरबन्दी अनुसार महानिर्देशक १,उपमहानिर्देशक १ गरी २ जना सहसचिव,९ उपसचिव, १८ अधिकृतको दरबन्दी स्वीकृत भएकोमा दरबन्दीभन्दा तीन जना उपसचिव,चार अधिकृत,२ कम्युटर अधिकृत र पाँच जना नासु तहका कर्मचारीहरु दरबन्दी भन्दा बढी रहेको भेटिएको छ ।
हाल विभागको १ नम्बर पिल्लर हेर्दै आएका बद्री कुमार कार्की,यस्तै २ नम्बर पिल्लरमा अहिले मनोज रेग्मी (प्रशासन), लामो समयदेखि ३ नम्बर पिल्लर हेर्दैरु आएका राजन बिसी,भैरहवामा हुँदा विवादमा तानिएर उल्टै पुरस्कृत गरिएका मणिराम पौडेल ( राजश्व),ध्रुव पोखरेल राजश्व, ६ नम्बर पिल्लर हेर्ने चमिना भट्टराई,कृष्ण गैह्रहरु कार्यरत रहेकोमा त्यहाँ विवेक घिमिरे,अर्जुन पौडेल सहित त्यहाँ आर्थिक प्रशासन हेर्ने नारायण दाहाल, उमेश रिमाल र प्रकाश पोखरेल रहेका छन् ।

बिज्ञापन

हाल विभागमा कार्यरत रहेका तीन उपसचिव दरबन्दीभन्दा बाहिरका हुन । मुख्यसचिव एकनारायण अर्यालको ठाडो निर्देशनमा त्यहाँ नियुक्ति हुन पुगेका अर्जुन पौडेल अहिले नौ नम्बर पिल्लर हेरिरहेका छन् भने रुपन्देहीमा हुँदा अनेकन विवादमा तानिएका विवेक घिमिरे पनि दरबन्दी भन्दा बाहिरका हुन । पहिले सात वटा पिल्लर रहेकोमा अहिले बुटवलबाट तानिएका विवेक र रसुवाबाट फिर्ता भएका अर्जुनका साथैं विभागका सबै चाँजोपाँचो मिलाउँदै आएका छन् प्रकाश पौडेल । लामो समयदेखि विभागमा रहेर खेलो फड्को गर्दै आएका उपसचिवमा पर्दछन् मणिराम र राजन विसीहरु ।
यस्तै त्यहाँ प्रशासनतर्फ ८,राजश्वतर्फ ६,लेखा अधिकृत,कम्युटर अधिकृत गरी १८ जनाको दरबन्दी रहेकामा प्रशासनतर्फ बढी कर्मचारी थुपारिएको छ ।
यस्तै नासुमा प्रशासनतर्फ ११,राजश्वतर्फ ७ जना रहेकोमा प्रशासनतर्फ ५ बढी कर्मचारीहरु कार्यरत रहेको भेटिएको छ । यस्तै कम्युटर अधिकृत १ जनाको दरबन्दी रहेकोमा तीन जना बढी रहेका छन् ।
विभागमा कूल ६५ जना कर्मचारीको दरबन्दी रहेकोमा उपसचिव तहमा तीन,अधिकृत ४ र नासु पाँच र कम्युटर अधिकृत दुइ गरी १४ भन्दा बढी कर्मचारीहरु दरबन्दीभन्दा बाहिरका हुन । जसमा करार र अस्थायी कर्मचारीको हिसाबै गरिएको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

बिशेष