अर्थमन्त्रीको सुशासनको गफ : राजश्व विभागमै छन् दरबन्दी बाहिरका १४ स्थायी कर्मचारी

एकातिर सरकारी कार्यालयमा दरबन्दी घटाउने चर्चा चलिरहँदा अर्थ मन्त्रालय मातहतको राजश्व अनुसन्धान विभागमा स्थायी दरबन्दीभन्दा बाहेकका १४ जना कर्मचारी कार्यरत रहेको पाइएको छ ।
कार्यालको स्वीकृत भएको दरबन्दी अनुसार महानिर्देशक १,उपमहानिर्देशक १ गरी २ जना सहसचिव,९ उपसचिव, १८ अधिकृतको दरबन्दी स्वीकृत भएकोमा दरबन्दीभन्दा तीन जना उपसचिव,चार अधिकृत,२ कम्युटर अधिकृत र पाँच जना नासु तहका कर्मचारीहरु दरबन्दी भन्दा बढी रहेको भेटिएको छ ।
हाल विभागको १ नम्बर पिल्लर हेर्दै आएका बद्री कुमार कार्की,यस्तै २ नम्बर पिल्लरमा अहिले मनोज रेग्मी (प्रशासन), लामो समयदेखि ३ नम्बर पिल्लर हेर्दैरु आएका राजन बिसी,भैरहवामा हुँदा विवादमा तानिएर उल्टै पुरस्कृत गरिएका मणिराम पौडेल ( राजश्व),ध्रुव पोखरेल राजश्व, ६ नम्बर पिल्लर हेर्ने चमिना भट्टराई,कृष्ण गैह्रहरु कार्यरत रहेकोमा त्यहाँ विवेक घिमिरे,अर्जुन पौडेल सहित त्यहाँ आर्थिक प्रशासन हेर्ने नारायण दाहाल, उमेश रिमाल र प्रकाश पोखरेल रहेका छन् ।

बिज्ञापन

हाल विभागमा कार्यरत रहेका तीन उपसचिव दरबन्दीभन्दा बाहिरका हुन । मुख्यसचिव एकनारायण अर्यालको ठाडो निर्देशनमा त्यहाँ नियुक्ति हुन पुगेका अर्जुन पौडेल अहिले नौ नम्बर पिल्लर हेरिरहेका छन् भने रुपन्देहीमा हुँदा अनेकन विवादमा तानिएका विवेक घिमिरे पनि दरबन्दी भन्दा बाहिरका हुन । पहिले सात वटा पिल्लर रहेकोमा अहिले बुटवलबाट तानिएका विवेक र रसुवाबाट फिर्ता भएका अर्जुनका साथैं विभागका सबै चाँजोपाँचो मिलाउँदै आएका छन् प्रकाश पौडेल । लामो समयदेखि विभागमा रहेर खेलो फड्को गर्दै आएका उपसचिवमा पर्दछन् मणिराम र राजन विसीहरु ।
यस्तै त्यहाँ प्रशासनतर्फ ८,राजश्वतर्फ ६,लेखा अधिकृत,कम्युटर अधिकृत गरी १८ जनाको दरबन्दी रहेकामा प्रशासनतर्फ बढी कर्मचारी थुपारिएको छ ।
यस्तै नासुमा प्रशासनतर्फ ११,राजश्वतर्फ ७ जना रहेकोमा प्रशासनतर्फ ५ बढी कर्मचारीहरु कार्यरत रहेको भेटिएको छ । यस्तै कम्युटर अधिकृत १ जनाको दरबन्दी रहेकोमा तीन जना बढी रहेका छन् ।
विभागमा कूल ६५ जना कर्मचारीको दरबन्दी रहेकोमा उपसचिव तहमा तीन,अधिकृत ४ र नासु पाँच र कम्युटर अधिकृत दुइ गरी १४ भन्दा बढी कर्मचारीहरु दरबन्दीभन्दा बाहिरका हुन । जसमा करार र अस्थायी कर्मचारीको हिसाबै गरिएको छैन ।

बिज्ञापन

राजस्व अनुसन्धान विभागकै गेटभित्र हरायो ४० करोड : बर्दिया डिस्टिलरी फाइलको रहस्य

बिज्ञापन

अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?

राजस्व अनुसन्धान विभागको ‘कडा निर्देशन’ : मोबाइल र झोला बाहिर राख्नुहोला

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राज्यकोष दोहनको केन्द्र बन्दै शहरी मन्त्रालय, अख्तियार मौन !

दुर्लभ संयोग : एउटै कार्यालयमा बाबु र छोरा राष्ट्रसेवामा

निर्झरीको गजल

निर्वाचनका लागि २ लाख १३ हजार कर्मचारी खटाइने

शत प्रतिशत अंकसहित सात अधिकृत उपसचिवमा बढुवा सिफारिस

उपसचिवको बसाँइ अष्ट्रेलियामा,हाजिर नेपालमा : कामै नगरी खातामा मासिक ६८ हजार ५२३

वीमा प्राधिकरणले पायो पहिलो महिला अध्यक्ष,अर्थका सहसचिवहरु भन्छन् “अचम्मै भयो”

आचारसंहिता लाग्नु अघि छापामार शैलीमा ४० कर्मचारीको सरुवा,विवाद पुग्यो अदालत

बिशेष