प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

 

बिज्ञापन

सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित चार जना पूर्वप्रधानमन्त्रीको सुरक्षामा खटिएका प्रहरीको संख्या कटौती गरेसँगै धमाधम सुरक्षाकर्मीहरु फिर्ता हुन थालेका छन् ।

बिज्ञापन

अन्तरिम सरकारले ओलीसँगै पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले मापदण्डभन्दा बढी सुरक्षाकर्मी लिएको भन्दै गृह मन्त्रालयले सुरक्षार्थ खटिएको टोलीमा कटौती गरेसँगै केपी ओलीको सुरक्षार्थ खटिएका १३ र प्रचण्डको सुरक्षार्थ खटिएका १४ सुरक्षाकर्मी फिर्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रचण्ड ओली लगायतका केही पूर्व प्रधानमन्त्रीहरुले मापदण्डविपरीत धेरै सुरक्षाकर्मी लिएकाले फिर्ता गरेका हुन ।

बिज्ञापन

प्रचण्डको सुरक्षामा खटिएका ३० जना सशस्त्र प्रहरीमध्ये १४ जना फिर्ता गरिएको छ। अब त्यहाँ सईको कमाण्डमा १६ जना सशस्त्र प्रहरी रहनेछन्। केपी ओलीको सुरक्षामा खटिएका पनि १३ जना सशस्त्र प्रहरी फिर्ता भइसकेका छन्। अब उनको सुरक्षामा पनि सईकै कमाण्डमा १६ जना सशस्त्र प्रहरी खटिनेछन्।

पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्दले भने यसअघि नै दुईजना मात्रै पीएसओ राख्दै आएका थिए । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा दुई जना पीएसओ मात्र खटाइने गरिन्छ ।

नेपाल प्रहरीले पनि त्यहाँ रहेका बढी सुरक्षाकर्मी फिर्ता बोलाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवासँग भने अहिले धेरै सुुरक्षाकर्मी नरहेको र घर जलिसकेपछि डेरामा बसेकाले उनले धेरै सुरक्षाकर्मी लिएका छैनन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एउटै घरका श्रीमान–श्रीमती र देवर एकैपटक शाखा अधिकृतमा सिफारिस

अध्यक्ष त बनेछन्, तर माइनटमा प्रमाणीकरण कहाँ छ?

आठ अर्ब भ्रष्टाचारमा जोडिए यी सचिवहरू

निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान

महानिर्देशकको प्रतिस्पर्धामा रहेका तिवारी र पाण्डे भ्रष्टाचारमा डामिए

कार्यालय प्रमुखलाई कार्यकक्षमै पुगेर दलियो मलमुत्र

४९अफिसरको सरुवा : ९ लाई स्थानीय तहमा खटाइँदा २ लाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

थप सात उपसचिवको सरुवा,चारलाई प्रमुख प्रशासकीयको जिम्मा

बिशेष