प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

 

बिज्ञापन

सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित चार जना पूर्वप्रधानमन्त्रीको सुरक्षामा खटिएका प्रहरीको संख्या कटौती गरेसँगै धमाधम सुरक्षाकर्मीहरु फिर्ता हुन थालेका छन् ।

बिज्ञापन

अन्तरिम सरकारले ओलीसँगै पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले मापदण्डभन्दा बढी सुरक्षाकर्मी लिएको भन्दै गृह मन्त्रालयले सुरक्षार्थ खटिएको टोलीमा कटौती गरेसँगै केपी ओलीको सुरक्षार्थ खटिएका १३ र प्रचण्डको सुरक्षार्थ खटिएका १४ सुरक्षाकर्मी फिर्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रचण्ड ओली लगायतका केही पूर्व प्रधानमन्त्रीहरुले मापदण्डविपरीत धेरै सुरक्षाकर्मी लिएकाले फिर्ता गरेका हुन ।

बिज्ञापन

प्रचण्डको सुरक्षामा खटिएका ३० जना सशस्त्र प्रहरीमध्ये १४ जना फिर्ता गरिएको छ। अब त्यहाँ सईको कमाण्डमा १६ जना सशस्त्र प्रहरी रहनेछन्। केपी ओलीको सुरक्षामा खटिएका पनि १३ जना सशस्त्र प्रहरी फिर्ता भइसकेका छन्। अब उनको सुरक्षामा पनि सईकै कमाण्डमा १६ जना सशस्त्र प्रहरी खटिनेछन्।

पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्दले भने यसअघि नै दुईजना मात्रै पीएसओ राख्दै आएका थिए । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा दुई जना पीएसओ मात्र खटाइने गरिन्छ ।

नेपाल प्रहरीले पनि त्यहाँ रहेका बढी सुरक्षाकर्मी फिर्ता बोलाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवासँग भने अहिले धेरै सुुरक्षाकर्मी नरहेको र घर जलिसकेपछि डेरामा बसेकाले उनले धेरै सुरक्षाकर्मी लिएका छैनन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष