संघीय मामिला मन्त्रालयले ४४ उपसचिवको सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयमा दुई वर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीलाई अन्य निकायमा स्थानान्तरण गरिएको हो।

बिज्ञापन

 

बिज्ञापन

यसअघि कर्मचारी प्रेस डट कम ले ‘यी रैथाने कर्मचारीलाई हटाउन सक्नुहुन्छ मन्त्रीज्यू’ भन्ने शीर्षकमा समाचार प्रकाशन गर्दै लामो समयसम्म मन्त्रालयमा जमेका कर्मचारीलाई हटाउनुपर्ने आवश्यकता औंल्याएको थियो।

 

बिज्ञापन

मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थले सरुवा प्रक्रियामा सुधार गर्ने प्रतिबद्धता जनाए पनि कतिपय निर्णयका कारण कर्मचारी र सेवाग्राहीले पूर्ण विश्वास गर्न नसकेको अवस्था रहँदै आएको थियो। विगतमा क्रमशः सुधार भए पनि वर्षौंदेखि मन्त्रालयमै कार्यरत रहने कर्मचारी र अन्य निकायमा महिना दिनमै फेरबदल हुने प्रवृत्तिको आलोचना हुँदै आएको थियो।

 

मन्त्रालयका अनुसार यो प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले हालको सरुवा प्रक्रिया अघि बढाइएको हो। तर, सरुवा गरिएका कर्मचारीलाई सिंहदरबारभित्रै वा नजिकैका निकायमा खटाइएको मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्रीज्यू, यी रैथाने कर्मचारीहरूलाई हटाउन सक्नुहुन्छ ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३० हजारको सम्पत्ति खोज्ने जिम्मेवारी ३८ कर्मचारीलाई, कमाण्डर तोकिए डाँगी

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

बिशेष