रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

रसुवा बाढीका कारण त्रिशूली नदीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुगेपछि यातायात सम्पर्क विच्छेद भएका रसुवा र धादिङ जिल्लाका सदरमुकामलाई वैकल्पिक मार्गमार्फत सडक सञ्जालमा जोडिएको छ ।

बिज्ञापन

सडक डिभिजन नुवाकोटका प्रमुख बद्रीप्रसाद शर्माले रसुवा र धादिङका दुबै सदरमुकामलाई सडक सम्पर्कमा ल्याईसकेको जानकारी दिनुभयो । उहाँकाअनुसार टोखा–गुर्जे–छहरे हुँदै बाहुनेबेसी, समरथली र जिरो किलोमिटरबाट पासाङल्हामु मार्गमार्फत रसुवातर्फको वैकल्पिक सडक सञ्चालनमा ल्याईएको हो । उक्त मार्गमा साना सवारी सञ्चालनमा आएका छन् भने ठूला सवारीसमेत सञ्चालन गर्न अर्को वैकल्पिक मार्ग तयार पार्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । धादिङ सदरमुकाम धादिङबेसीसँगको यातायात सम्पर्क पनि वैकल्पिक मार्गबाट जोडिएको छ । उहाँकाअनुसार मलेखु–धादिङबेसी सडकअन्तर्गत फुर्केखोलाको त्रिशूली पुलमा क्षति पुगेपछि मासटार र गल्छीका सुरक्षित रहेका पुल प्रयोग गरी त्रिशूलीको दाहिने किनार हुँदै गजुरीटारबाट धादिङबेसी पुग्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो । सडक डिभिजन नुवाकोटका कार्यक्षेत्रमा पर्ने नुवाकोट, धादिङ र रसुवा जिल्लाका धेरै सडक र पुलमा क्षति पुगेको उहाँले बताउनुभयो । गल्छी आयोजनाअन्तर्गतका सडक तथा त्रिशूली नदीमा रहेका पुलमा ठूलो क्षति पुगेपछि नियमित यातायात सञ्चालन प्रभावित भएको हो ।

बिज्ञापन

उहाँले भन्नुभयो, ‘बाढीको कारण रसुवा र धादिङ सदरमुकाम सडकसम्पर्क विच्छेद भएका थिए । त्यसलाई हामीले अहिले अन्य वैकल्पिक बाटोबाट सडक सञ्जालमा जोडिसकेका छौँ । रसुवाको लागी टोखा गुर्जे छहरे बाटोबाट बाहुनेबेसी हुँदै समरथली हुँदै त्यसपछि जिरो किलोमिटर रसुवा गएर अनि पासाङ्लामु हुँदै जाने बाटो सुचारु भएको छ । साना गाडी त्यसमा सुचारु भए, अलि ठूला गाडी पनि जाने अर्को वैकल्पिक बाटो पत्ता लगाएर त्यसमा हामी काम गर्दैछौँ । धादिङ सदरमुकाम धादिङबेसी जान मासटारबाट पारीपट्टी त्रिशूलिको दाहिने किनारमा गएर गजुरिटार हुँदै जाने बाटो हामीले सञ्चालनमा ल्याईसकेका छौँ । रसुवा पनि सामाजिक सडक सञ्चालनमा जोडियो र धादिङ सदरमुकाम पनि सडक सञ्चालनमा जोडिएको स्थिति छ ।’

बाढीले नुवाकोटमा त्रिशूली नदी वारिपारिका सडक सम्पर्कमा समेत असर पारेको छ । नदी पार गर्ने पुलहरूमा क्षति पुगेपछि गल्छीदेखि त्रिशूलीको दाहिने किनार हुँदै कोलोनी र त्रिशूलीसम्म पुग्ने अर्को वैकल्पिक मार्ग खोल्ने काम भइरहेको डिभिजन प्रमुख शर्माले जानकारी दिनुभयो । त्रिशूली र देवीघाटमा बेलीब्रिज राख्नेगरि नेपाली सेनासँग समन्वय भइरहेको पनि उहाँले बताउनुभयो । प्रदेश सरकार, स्थानीय तह तथा सडक विभागका अन्य निकायसँगको समन्वयमा सकेसम्म छिटो यातायात सेवा सञ्चालन गर्ने प्रयास भइरहेको उहाँको भनाई छ । बाढीका कारण सडक डिभिजन नुवाकोटका कर्मचारी तथा भौतिक संरचनामा समेत क्षति पुगेको उहाले जानकारी दिनुभयो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

बिशेष