संघीय मामिला मन्त्रालयले ४४ उपसचिवको सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयमा दुई वर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीलाई अन्य निकायमा स्थानान्तरण गरिएको हो।

बिज्ञापन

 

बिज्ञापन

यसअघि कर्मचारी प्रेस डट कम ले ‘यी रैथाने कर्मचारीलाई हटाउन सक्नुहुन्छ मन्त्रीज्यू’ भन्ने शीर्षकमा समाचार प्रकाशन गर्दै लामो समयसम्म मन्त्रालयमा जमेका कर्मचारीलाई हटाउनुपर्ने आवश्यकता औंल्याएको थियो।

 

बिज्ञापन

मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थले सरुवा प्रक्रियामा सुधार गर्ने प्रतिबद्धता जनाए पनि कतिपय निर्णयका कारण कर्मचारी र सेवाग्राहीले पूर्ण विश्वास गर्न नसकेको अवस्था रहँदै आएको थियो। विगतमा क्रमशः सुधार भए पनि वर्षौंदेखि मन्त्रालयमै कार्यरत रहने कर्मचारी र अन्य निकायमा महिना दिनमै फेरबदल हुने प्रवृत्तिको आलोचना हुँदै आएको थियो।

 

मन्त्रालयका अनुसार यो प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले हालको सरुवा प्रक्रिया अघि बढाइएको हो। तर, सरुवा गरिएका कर्मचारीलाई सिंहदरबारभित्रै वा नजिकैका निकायमा खटाइएको मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्रीज्यू, यी रैथाने कर्मचारीहरूलाई हटाउन सक्नुहुन्छ ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

महानिर्देशक रेग्मी बिचौलिया प्रमोदको इशारामा, करोडौं असुलीको खेल

पर्यटन प्रवर्द्धनमा विज्ञान र प्रविधि : डिजिटल मार्केटिङदेखि ई–गभर्नेन्ससम्म

सरुवा भएको निकायमा जान अटेर गर्दै कर्मचारीहरू

गाउँपालिकाका १७ प्रमुख प्रशासकीय अधिकृतसहित २८ कर्मचारीको सरुवा

संघीय मामिला मन्त्रालयले ४४ उपसचिवको सरुवा

चाडपर्वमा सहज आपूर्ति सुनिश्चित गर्न मुख्यसचिवको निर्देशन

‘ढड्डा र अड्डामुखि निजामती सेवा अब डिजिटलाइजेसन युगमा’ -मुख्य सचिव अर्याल

कर्मचारीको माग र भावना समेट्दै छिट्टै निजामती विद्येयक पारित हुन्छ : उपप्रधानमन्त्री सिंह

बिशेष