गृह मन्त्रालयले त्रुटीपूर्ण अनुसन्धान गर्ने प्रहरी अधिकारीहरुलाई विभागीय कारवाही गर्न अर्काे समिति गठन गरेको छ । गृहले सुन तस्करी जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरी अधिृकतहरुलाई विभागीय कारबाही गर्न कानुनी शाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा समिति गठन गरेका हुन् । समितिमा डीआईजी भिम ढकाल र उपसचिव रामबहादुर शाही सदस्य छन् ।समितिमा रहेका मध्ये भरतमणि कानुनी महाशाखा प्रमुख हुन भने भीम नेपाल प्रहरीका डीआईजी र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिवको जिम्मेवारीमा छन् शाही ।
बिज्ञापन
डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीहरु रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । कारवाहीको सिफारिसमा परेका उनीहरुको जिम्मेवारी खोसिसकेको अबस्था छ । ती प्रहरी अधिकारीहरुमाथि कस्तो विभागीय कारबाही गर्ने भन्नेबारे समितिले निर्णय गर्ने जनाइएको छ ।
बिज्ञापन
बिज्ञापन