फेरि अर्का प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार

डडेलधुराका प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार भएको घटना साम्य नहुँदै फेरि धादिङको सिद्धलेक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार भएको छ ।

बिज्ञापन

मंगलबार गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले पालिकास्तरको सर्वदलीय बैठक बोलाएका थिए । दिउँसो शुरु भएको बैठक साँझ ७ बजेसम्म चलेको थियो । बैठकपछि गिरीले वलीको कार्यकक्षमा पुगेर फाइलमा तुरुन्त तोक लगाउन निर्देशन दिए । तर, वलीले म यो फाइल अध्ययन गरेर मात्र निर्णय गर्छु भनेर जबाफ दिँदा तँ कसरी डाक्टर भइस,तेरो टाउको फुटाइदिन्छु भन्ने जस्ता शब्द प्रयोग गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

बिज्ञापन

नेपाली काँग्रेस सिद्धलेक गाउँ पार्टी सभापति रामशरण गिरीले वलीमाथि उनकै कार्यकक्षमा अभद्र व्यवहार गरिएको बताइएको छ । फाइलमा तोक लगाउने विषयमा विवाद भएपछि गिरीले दुर्व्यवहार गरेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

उक्त घटनापछि नेकपा माओवादी केन्द्रको सिद्धलेक गाउँपालिका कमिटीका अध्यक्ष पुष्प थपलियाले विज्ञप्ति जारी गरेर प्रमुख प्रशासकीय अधिकृत वलीमाथि भएको दुर्व्यवहारप्रति विरोध जनाएका छन् । गिरीले ‘तेरो टाउको फुटाइदिन्छु, तँ कसरी डाक्टर भइस्’,‘तँ झोला बोकेर गइहाल यहाँबाट’, लगायत अपशब्द बोलेर गालीगलौज गरेको थपलियाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिज्ञापन

थपलियाले कर्मचारीहरुको सुरक्षाको ग्यारेन्टी गर्न, घटना नदोहोरिने सुनिश्चितता गर्न र घटनाको सिसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

एकै पटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा

इतिहासकै कमजोर डिजी घिमिरे अनिवार्य अवकाशमा, नयाँ महानिर्देशकको दौडमा चार सहसचिव

यी हुन खारेजी वा मर्ज हुन लागेका सरकारी कार्यालय

१३ करोड राख्ने बैंक खोज्दै विभाग

निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न मन्त्रालयको परिपत्र

आफन्त भर्ति र सवारी दुरुपयोग गर्ने ऊर्जा आयोगका सहसचिव पौडेल भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित

पूर्वीय सोच र मूल्यबाट सञ्चालित राज्य प्रणाली

बिशेष