फेरि अर्का प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार

डडेलधुराका प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार भएको घटना साम्य नहुँदै फेरि धादिङको सिद्धलेक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार भएको छ ।

बिज्ञापन

मंगलबार गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले पालिकास्तरको सर्वदलीय बैठक बोलाएका थिए । दिउँसो शुरु भएको बैठक साँझ ७ बजेसम्म चलेको थियो । बैठकपछि गिरीले वलीको कार्यकक्षमा पुगेर फाइलमा तुरुन्त तोक लगाउन निर्देशन दिए । तर, वलीले म यो फाइल अध्ययन गरेर मात्र निर्णय गर्छु भनेर जबाफ दिँदा तँ कसरी डाक्टर भइस,तेरो टाउको फुटाइदिन्छु भन्ने जस्ता शब्द प्रयोग गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

बिज्ञापन

नेपाली काँग्रेस सिद्धलेक गाउँ पार्टी सभापति रामशरण गिरीले वलीमाथि उनकै कार्यकक्षमा अभद्र व्यवहार गरिएको बताइएको छ । फाइलमा तोक लगाउने विषयमा विवाद भएपछि गिरीले दुर्व्यवहार गरेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

उक्त घटनापछि नेकपा माओवादी केन्द्रको सिद्धलेक गाउँपालिका कमिटीका अध्यक्ष पुष्प थपलियाले विज्ञप्ति जारी गरेर प्रमुख प्रशासकीय अधिकृत वलीमाथि भएको दुर्व्यवहारप्रति विरोध जनाएका छन् । गिरीले ‘तेरो टाउको फुटाइदिन्छु, तँ कसरी डाक्टर भइस्’,‘तँ झोला बोकेर गइहाल यहाँबाट’, लगायत अपशब्द बोलेर गालीगलौज गरेको थपलियाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिज्ञापन

थपलियाले कर्मचारीहरुको सुरक्षाको ग्यारेन्टी गर्न, घटना नदोहोरिने सुनिश्चितता गर्न र घटनाको सिसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति शुद्धीकरण प्रकरणले गृहमन्त्री घेरिए: विवादित कम्पनीमा शेयर खुलेपछि लामिछाने निवासमा ‘रातको दौड’

सामान्यभित्र ‘रैथाने’ कर्मचारीको साम्राज्य : ८ वर्षसम्म नहल्लिने कर्मचारीमाथि प्रधानमन्त्रीको आँखा

अब सरकारी कर्मचारीले महिनामा दुईचोटि तलब पाउने

बिचौलिया दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको ‘बीमा कनेक्सन’ : एउटै कम्पनीमा २५ लाख बराबरको सेयर

प्रधानमन्त्री कार्यालयमा ‘डन’को साम्राज्य: १३ वर्षसम्म एउटै कार्यालयमा, बालेनले मागे विवरण

२ सचिव र ४६ सहसचिव लामो समयदेखि एउटै मन्त्रालयमा {विवरणसहित}

मैनालीको नियति भोग्दै बुर्लाकोटी

सम्पत्ति शुद्धीकरणको ‘राडार’मा अर्थका आधा दर्जन सहसचिव

बिशेष