वडाध्यक्षमाथि सार्वजनिक सम्पति हिनामिनाको आरोप

काभ्रेको रोशी गाउँपालिका-७ का वडा अध्यक्ष अशोककुमार गौतम पक्राउ परेका छन् । रोशी गाउँपालिका कटुञ्जेवेशीबाट रघुचौर खार्पाचोक चिसापानी वाईवाडाँडाहुँदै महाभारत गाउँपालिका आवतजावत गर्ने एकमात्र विकल्पको झोलुङे पुल बिक्री गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनले उक्त पुल कवाडीलाई गत वैशाख २५ गते २५ लाख रुपैयाँमा बिक्री गरेका थिए ।

बिज्ञापन

बिक्री गरेर आएको रकम उनले आफ्नै बैंक खातामा जम्मा गरेका थिए । उक्त बिषयमा स्थानीय मानर्दोजे तामाङसहितका स्थानीयले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आइतबार जाहेरी दिएपछि उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मीनबहादुर घलेले जानकारी दिए । उनका अनुसार कवाड व्यवसायीहरुले वडाध्यक्षले पैसा बुझिसकेको बताएपछि गौतमलाई पनि पक्राउ गरिएको हो । ‘हामीले उनीहरुलाई समातेर सोधपुछ गर्दा वडाध्यक्षले बेचेको हो, पैसा पनि लिइसकेको छ भन्ने कुरा सुनाए’, डिएसपी घलेले भने, ‘राज्यको सम्पति वडाध्यक्षले नै बेचेको भनेपछि हामीले उनलाई पनि समातेका हौँ, आज म्याद थपेर अनुसन्धान अघि बढाउँदैछौँ ।’

बिज्ञापन

वडाध्यक्ष गौतमले कवडा व्यवसायीबाट कति पैसा लिए भन्नेबारे चाहीँ यकिन भइसकेको छैन । उता गाउँपालिका अध्यक्ष लामाले जनप्रतिनिधिबाट राज्यको सम्पति बेचिनु दुःखद भएको बताए । मुलुकी अपराधसंहिता २०७४ अनुसार झोलुंगे पुलको सामान चोरी तथा डाका सम्बन्धि कसुरअन्तर्गत अध्यक्ष गौतमलाई पक्राउ गरिएको हो । सार्वजनिक सम्पत्तिको संरक्षण र सुव्यवस्था कायम गर्नुको साटो वडा अध्यक्ष जस्तो व्यक्तिले खुलेआम सार्वजनिक सम्पत्ति बिक्रीमा सक्रिय भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बजेट लेखन टिमले पायो पूर्णता,पाण्डेय र लम्साल नियुक्त

बिशेष