अख्तियारले छापा हानेको रिसमा एमाले निकट कर्मचारी छानी छानी सरुवा,’कोर टिम’का कर्मचारी कोही चलाइएन्

भिजिट भिसा प्रकरणमा अख्तियारले छापा हानेपछि सो को रिसमा गृह मन्त्रालले तल्ला तहका र एमाले निकट कर्मचारीमात्र छानी छानी सरुवा गरेको छ ।

बिज्ञापन

त्रिवि अध्यागमन कार्यालयमा भिजिट भिसाको नाममा धन्दा जारी रहेको खबर कर्मचारी प्रेसले गत माघमा प्रकाशन गरेको थियो । भट्टराई गत २३ असोजमा विमानस्थलस्थित अध्यागमन कार्यालयमा हाजिर भएका थिए । यस अघि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा अध्यागमनबाट हुँदै आएको भिजिट भिसाको सेटिङ भत्काएका थिएन ।
सो समयमा त्रिवि अध्यागमनका कर्मचारीलाई मुद्धा चलाइएसँगै केही समय मत्थर भएको खेतीपाती तिर्थ भट्टराई कार्यालय प्रमुख भएर पुगेसँगै शुरु भएको अध्यागमन स्रोतले बताएको छ ।

बिज्ञापन

भिजिट भिसामा खाडी देश जानेसँग महिला र पुरुष कर्मचारीहरुसँग २० देखि ४० हजारसम्म प्रति व्यक्ति असुल्ने गरिएको र सोका लागि कोड भाषा प्रयोग गनैे गरिएको समाचार कर्मचारी प्रेसले प्रकाशन गरेको थियो । सो कार्यालयबाट दैनिक ५० लाखसम्म असुली हुने गरेको र त्यो पैसा विमानस्थलका कर्मचारीदेखि गृह मन्त्रालयसम्म भागबण्डा हुने गरेको बिषय सार्वजनिक हुँदै आएको छ ।

सो प्रकरणमा अख्तियारले टाउकैबाट अनुसन्धान शुरु गरेको छ । अख्तियारले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईमाथि अनुसन्धान केन्द्रित शुरु गरेसँगै तीर्थलाई गृहमा तानिएको छ । उनीसँगै १४ जना नायब सुब्बाहरू सरुवामा परेका छन् । तर यसरी तानिएकाहरु अधिकांश एमाले निकटका हुन ।
अध्यागमन स्रोतका अनुसार सरुवामा परेकामध्ये ९ जना नायब सुब्बा, एक जना सहायक कम्प्युटर अपरेटर र ४ जना कम्प्युटर अपरेटर छन्।

बिज्ञापन

नासु खुबराज श्रेष्ठ सिन्धुपाल्चोक, दत्त लामा जाजरकोट, गोविन्दप्रसाद अधिकारी गोरखा, तेज राज गौतम बागलुङ, सुवास केसी रुकुम पश्चिम, कुवेरप्रसाद दाहाल धनकुटा, प्रमप्रसाद पौडेल र वीरभद्र जोशी काठमाडौं तथा नरबहादुर थापा बाँके जिल्ला प्रशासन कार्यालयमा खटाइएका छन्। त्यस्तै, सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठ र कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायलाई कारागार व्यवस्थापन विभाग तथा त्यसअन्तर्गतका कार्यालयमा सरुवा गरिएको छ। उनीहरुमध्ये अधिकांश एमाले निकटका कर्मचारीहरु हुन ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी खटाएर सेटिङ धन्दा नै चलाइएको छ । त्यहाँ दरबन्दी भन्दा १९ जना बढी अधिकृतस्तरका कर्मचारीहरु खटाइएको छ । भिजिट भिसाको धन्दामा सक्रिय रहेका कर्मचारीहरुमा दीपक पाण्डे, प्रभा अर्याल, भीष्मराज अर्याल, सरोज खनाल, कमलराज उपाध्यायलगायत रहेका छन् । उनीहरुलाई गृहले चलाएको छ ।यी मध्ये अधिकांश गृहको कर्मचारी प्रशासन,मन्त्रीको सचिवालयलाई मिलाएर घुमीफिरी टिआइए पुगेका कर्माचारीहरु हुन । उनीहरुलाई सहसचिव तथा तत्कालीन अध्यागमनका प्रमुख तीर्थ भट्टराईका कोर टिमका कर्मचारीका रुपमा चिनिन्छन् । ती अधिकृतहरुलाई भने गृहले छुन वा चलाउन सकेको छैन ।

हालसम्म अख्तियारले खगेन्द्र सुवेदी, कविता पौडेल र बालकृष्ण बस्नेतलाई पक्राउ गरेको छ । उनीहरू कर्मचारी वृत्तबाहिरका हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रविलाई थुनामुक्त गर्न सर्वाेच्चको अस्वीकार

निजामती विद्येयक आगामी मंगलबार संसदमा दर्ता हुने, कुलिङ पिरियडबाट व्याक नहुने

लेखापढीमार्फत २० हजार घुस, रंगेहात अख्तियारको फन्दामा परे खरिदार

२६ उपसचिवहरूको सरुवा

भिजिट भिसाको बिषय श्रम विभाग तथा मन्त्रालयको कुनै पनि सरोकार छैनः महानिर्देशक भटटराई

एक बर्षमा पाँच सार्वजनिक संस्थान खारेज हुँदै

६३ यताका गृहमन्त्री : कोही बदनाम,केही गुमनाम

अख्तियारले छापा हानेको रिसमा एमाले निकट कर्मचारी छानी छानी सरुवा,’कोर टिम’का कर्मचारी कोही चलाइएन्

बिशेष