भिजिट भिसा प्रकरणमा अख्तियारले छापा हानेपछि सो को रिसमा गृह मन्त्रालले तल्ला तहका र एमाले निकट कर्मचारीमात्र छानी छानी सरुवा गरेको छ ।
बिज्ञापन
त्रिवि अध्यागमन कार्यालयमा भिजिट भिसाको नाममा धन्दा जारी रहेको खबर कर्मचारी प्रेसले गत माघमा प्रकाशन गरेको थियो । भट्टराई गत २३ असोजमा विमानस्थलस्थित अध्यागमन कार्यालयमा हाजिर भएका थिए । यस अघि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा अध्यागमनबाट हुँदै आएको भिजिट भिसाको सेटिङ भत्काएका थिएन ।
सो समयमा त्रिवि अध्यागमनका कर्मचारीलाई मुद्धा चलाइएसँगै केही समय मत्थर भएको खेतीपाती तिर्थ भट्टराई कार्यालय प्रमुख भएर पुगेसँगै शुरु भएको अध्यागमन स्रोतले बताएको छ ।
बिज्ञापन
भिजिट भिसामा खाडी देश जानेसँग महिला र पुरुष कर्मचारीहरुसँग २० देखि ४० हजारसम्म प्रति व्यक्ति असुल्ने गरिएको र सोका लागि कोड भाषा प्रयोग गनैे गरिएको समाचार कर्मचारी प्रेसले प्रकाशन गरेको थियो । सो कार्यालयबाट दैनिक ५० लाखसम्म असुली हुने गरेको र त्यो पैसा विमानस्थलका कर्मचारीदेखि गृह मन्त्रालयसम्म भागबण्डा हुने गरेको बिषय सार्वजनिक हुँदै आएको छ ।
सो प्रकरणमा अख्तियारले टाउकैबाट अनुसन्धान शुरु गरेको छ । अख्तियारले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईमाथि अनुसन्धान केन्द्रित शुरु गरेसँगै तीर्थलाई गृहमा तानिएको छ । उनीसँगै १४ जना नायब सुब्बाहरू सरुवामा परेका छन् । तर यसरी तानिएकाहरु अधिकांश एमाले निकटका हुन ।
अध्यागमन स्रोतका अनुसार सरुवामा परेकामध्ये ९ जना नायब सुब्बा, एक जना सहायक कम्प्युटर अपरेटर र ४ जना कम्प्युटर अपरेटर छन्।
बिज्ञापन
नासु खुबराज श्रेष्ठ सिन्धुपाल्चोक, दत्त लामा जाजरकोट, गोविन्दप्रसाद अधिकारी गोरखा, तेज राज गौतम बागलुङ, सुवास केसी रुकुम पश्चिम, कुवेरप्रसाद दाहाल धनकुटा, प्रमप्रसाद पौडेल र वीरभद्र जोशी काठमाडौं तथा नरबहादुर थापा बाँके जिल्ला प्रशासन कार्यालयमा खटाइएका छन्। त्यस्तै, सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठ र कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायलाई कारागार व्यवस्थापन विभाग तथा त्यसअन्तर्गतका कार्यालयमा सरुवा गरिएको छ। उनीहरुमध्ये अधिकांश एमाले निकटका कर्मचारीहरु हुन ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी खटाएर सेटिङ धन्दा नै चलाइएको छ । त्यहाँ दरबन्दी भन्दा १९ जना बढी अधिकृतस्तरका कर्मचारीहरु खटाइएको छ । भिजिट भिसाको धन्दामा सक्रिय रहेका कर्मचारीहरुमा दीपक पाण्डे, प्रभा अर्याल, भीष्मराज अर्याल, सरोज खनाल, कमलराज उपाध्यायलगायत रहेका छन् । उनीहरुलाई गृहले चलाएको छ ।यी मध्ये अधिकांश गृहको कर्मचारी प्रशासन,मन्त्रीको सचिवालयलाई मिलाएर घुमीफिरी टिआइए पुगेका कर्माचारीहरु हुन । उनीहरुलाई सहसचिव तथा तत्कालीन अध्यागमनका प्रमुख तीर्थ भट्टराईका कोर टिमका कर्मचारीका रुपमा चिनिन्छन् । ती अधिकृतहरुलाई भने गृहले छुन वा चलाउन सकेको छैन ।
हालसम्म अख्तियारले खगेन्द्र सुवेदी, कविता पौडेल र बालकृष्ण बस्नेतलाई पक्राउ गरेको छ । उनीहरू कर्मचारी वृत्तबाहिरका हुन् ।