अर्थमा उच्च तहमा १२० दरबन्दी थप,तल्ला तहका दरबन्दी व्यापक कटौती

पछिल्लो समय सार्वजनिक खर्च कटौतीको बहस चलिरहँदा मन्त्रालयहरूले दरबन्दी थप्ने क्रम जारी छ । गत कार्तिकमा मात्र परराष्ट्र मन्त्रालय र उसका निकायमा १०७ जना कर्मचारीको स्थायी दरबन्दी गरिएको थियो ।

बिज्ञापन

सो को ६ महिना पछि अर्थमा समेत १२० दरबन्दी थप गर्ने निर्णय भएको छ । अस्ति बसेको क्याविनेटले अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको हो। उक्त निर्णयसँगै अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूमा १ सहसचिवसहित १२० कर्मचारीको दरबन्दी थप गरिएको हो ।
अर्थ मन्त्रालयका अनुसार,उपसचिवको दरबन्दी ३७ जनाको थपिएको छ । यस्तै शाखा अधिकृतको ४७ दरबन्दी थपिएको छ ।

बिज्ञापन

माथिल्ला तहमा दरबन्दी थप्दा तल्ला तहका दरबन्दी भने व्यापक कटौतीमा परेको छ । हाल अर्थ मातहत २१५२ वटा रहेको सहायकस्तरको दरबन्दी १रहेकोमा ७४ वटा कटौती गरिएको छ ।

कटौतीमा परेका दरबन्दीमा क्रमश राजस्व प्रशासनतर्फ सुब्बाको दरबन्दीमा ४३ वटा काटिएको छ भने कम्प्युटर अपरेटरको ६७ वटा कटौती गरिएको छ । यस्तै भन्सार संकेत निरीक्षक,राजस्व समूहको खरिदार २ देखि हलुका सवारी चालक २ र कार्यालय सहयोगीको दरबन्दीमा ६० वटा कटौतीमा परेका छन् ।

बिज्ञापन

यस अघि गत कार्तिकमा मात्र परराष्ट्र मन्त्रालयमा एक जना राजदूत, ११ सहसचिव, ३३ जना उपसचिव, ५ जना कम्प्युटर इन्जिनियर, ६२ जना शाखा अधिकृत, ४ जना नायव सुब्बा र १० जना सवारी चालकको दरबन्दी थपिएको थियो । यसरी दरबन्दी थपिँदा राज्यलाई बार्षिक १ अर्ब व्ययभार थपिएको थियो । अहिले परराष्ट्र मन्त्रालयले अर्थकै सिको गरेर व्यापक रुपमा दरबन्दी थप गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

नेपाललाई डिजिटल पथमा डोर्याउने ‘कहाँ’को योजना : स्मार्ट डोर बेलदेखि डिजिटल हाजिरीसम्म

अख्तियारको राडारमा तत्कालीन मन्त्री,सचिव,सह सचिवदेखि मन्त्रीका स्वकीयसम्म

मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

‘छिटो निर्णय, परिणाममुखी कार्यान्वयन’ : यस्ता छन् महानिर्देशक जैसीको ६ महिने कार्यप्रगति

स-परिवारसहित सुटुक्क अमेरिका किन पुगे धुर्मुस ?

बिशेष