अर्थमा उच्च तहमा १२० दरबन्दी थप,तल्ला तहका दरबन्दी व्यापक कटौती

पछिल्लो समय सार्वजनिक खर्च कटौतीको बहस चलिरहँदा मन्त्रालयहरूले दरबन्दी थप्ने क्रम जारी छ । गत कार्तिकमा मात्र परराष्ट्र मन्त्रालय र उसका निकायमा १०७ जना कर्मचारीको स्थायी दरबन्दी गरिएको थियो ।

बिज्ञापन

सो को ६ महिना पछि अर्थमा समेत १२० दरबन्दी थप गर्ने निर्णय भएको छ । अस्ति बसेको क्याविनेटले अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको हो। उक्त निर्णयसँगै अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूमा १ सहसचिवसहित १२० कर्मचारीको दरबन्दी थप गरिएको हो ।
अर्थ मन्त्रालयका अनुसार,उपसचिवको दरबन्दी ३७ जनाको थपिएको छ । यस्तै शाखा अधिकृतको ४७ दरबन्दी थपिएको छ ।

बिज्ञापन

माथिल्ला तहमा दरबन्दी थप्दा तल्ला तहका दरबन्दी भने व्यापक कटौतीमा परेको छ । हाल अर्थ मातहत २१५२ वटा रहेको सहायकस्तरको दरबन्दी १रहेकोमा ७४ वटा कटौती गरिएको छ ।

कटौतीमा परेका दरबन्दीमा क्रमश राजस्व प्रशासनतर्फ सुब्बाको दरबन्दीमा ४३ वटा काटिएको छ भने कम्प्युटर अपरेटरको ६७ वटा कटौती गरिएको छ । यस्तै भन्सार संकेत निरीक्षक,राजस्व समूहको खरिदार २ देखि हलुका सवारी चालक २ र कार्यालय सहयोगीको दरबन्दीमा ६० वटा कटौतीमा परेका छन् ।

बिज्ञापन

यस अघि गत कार्तिकमा मात्र परराष्ट्र मन्त्रालयमा एक जना राजदूत, ११ सहसचिव, ३३ जना उपसचिव, ५ जना कम्प्युटर इन्जिनियर, ६२ जना शाखा अधिकृत, ४ जना नायव सुब्बा र १० जना सवारी चालकको दरबन्दी थपिएको थियो । यसरी दरबन्दी थपिँदा राज्यलाई बार्षिक १ अर्ब व्ययभार थपिएको थियो । अहिले परराष्ट्र मन्त्रालयले अर्थकै सिको गरेर व्यापक रुपमा दरबन्दी थप गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष