बर्ष दिनमै एक खर्ब अनियमित खर्च,१३ खर्ब नाग्यो बेरुजुको भ्योल्युम

सरकारी निकायहरुको हिसाब किताबको लेखाजोखा राख्दै आएको महालेखा परीक्षकको कार्यालयले आज आफ्नो ६२ औं प्रतिवेदन सार्वजनिक गर्दै छ । महालेखाले आर्थिक बर्ष ८०/ ८१ को प्रतिवेदनमा विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा वेरुजु उल्लेख गरिएको छ ।बर्ष दिनमै भएको झण्डै एक खर्ब अनियमित खर्चको विस्तृत विवरणसहितको प्रतिवेदन आज राष्ट्रपति समक्ष पेश गर्न लागेको हो महालेखाले ।

बिज्ञापन

प्रतिवेदन बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने महालेखाको तयारी छ । सो लगतै प्रतिवेदन सार्वजनिक गरिने सो कार्यालयले जनाएको छ ।महालेखाका अनुसार,बेरुजुको भ्योल्युम अत्यासलाग्दो ढङ्गबाट बढिरहेको छ । गत आर्थिक बर्षमा एक खर्बभन्दा बढी वेरुजु थपिएको जनाइएको छ । यस अघिको आर्थिक बर्षमा सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख थियो । सो मध्ये नियमित गर्नु पर्ने बेरुजु ६८ प्रतिशत, असुल गर्नु पर्ने बेरुजु २४ प्रतिशत र पेश्कि ६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । सो भन्दा अघिल्लो आर्थिक बर्षमा बेरुजु ९५ अर्ब ६० करोड रुपैयाँ रहेको प्रतिवेदनमा जनाइएको छ ।महालेखाका अनुसार, ०७६ ७७ सम्म बेरुजु र कुल बक्यौता रकम ६ खर्ब ६४ अर्ब रुपैयाँ थियो । अघिल्लो आर्थिक बर्षसम्ममा बेरुजु र बक्यौता रकम झण्डै १२ खर्ब पुगेको थियो । यो बर्ष एक खर्ब थपिएर १३ खर्ब कट्ने जनाइएको छ ।

बिज्ञापन

महालेखाले संघीय मन्त्रालय तथा निकाय, प्रदेश, स्थानीय तह, समिति र अन्य संस्था तथा संगठित संस्था समेत गरी ५ हजार ६ सय संस्थाको लेखा परीक्षण गर्दा आर्थिक कारोबार र अन्य काम कारवाहीको लेखापरीक्षण गर्दा महालेखाले सो बेरुजु भेटेर कायम गरेको हो । गत आर्थिक बर्षमा १ खर्बभन्दा बढी बेरुजु थपिने झण्डै १३ खर्ब क्रस हुने देखिएको छ । रीत नपुर्‍याई गरेको कारोबार, राख्नुपर्ने लेखा नराखेको वा बेमनासिब तरिकाले खर्च गरेको रकम बेरुजु भनिन्छ । सरकारले राज्यका विभिन्न निकायमा विनियोजन गरेको खर्च भएपछि कानून बमोजिम भुक्तानी भए/नभएको विषयमा महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षण गर्छ ।

उसले त्यसक्रममा कानून अनुसार खर्च भए/नभएको, खर्चको औचित्य पुष्टि हुने कागजात राखे/नराखेको र खर्चको सदुपयोगको विषयमा समेत लेखापरीक्षण गर्छ ।

बिज्ञापन

त्यसक्रममा कानून विपरीत खर्च भएमा, खर्चको औचित्य पुष्टि हुन नसकेमा, कानूनसम्मत खर्च भएपछि त्यसको कागजात र प्रमाण पेस गर्न नसकेमा महालेखाले त्यसमाथि प्रश्न उठाइ बेरुजु लेख्दै आएको छ,महालेखाले ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

नेपाललाई डिजिटल पथमा डोर्याउने ‘कहाँ’को योजना : स्मार्ट डोर बेलदेखि डिजिटल हाजिरीसम्म

अख्तियारको राडारमा तत्कालीन मन्त्री,सचिव,सह सचिवदेखि मन्त्रीका स्वकीयसम्म

मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

बिशेष