सरकारी निकायहरुको हिसाब किताबको लेखाजोखा राख्दै आएको महालेखा परीक्षकको कार्यालयले आज आफ्नो ६२ औं प्रतिवेदन सार्वजनिक गर्दै छ । महालेखाले आर्थिक बर्ष ८०/ ८१ को प्रतिवेदनमा विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा वेरुजु उल्लेख गरिएको छ ।बर्ष दिनमै भएको झण्डै एक खर्ब अनियमित खर्चको विस्तृत विवरणसहितको प्रतिवेदन आज राष्ट्रपति समक्ष पेश गर्न लागेको हो महालेखाले ।
बिज्ञापन
प्रतिवेदन बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने महालेखाको तयारी छ । सो लगतै प्रतिवेदन सार्वजनिक गरिने सो कार्यालयले जनाएको छ ।महालेखाका अनुसार,बेरुजुको भ्योल्युम अत्यासलाग्दो ढङ्गबाट बढिरहेको छ । गत आर्थिक बर्षमा एक खर्बभन्दा बढी वेरुजु थपिएको जनाइएको छ । यस अघिको आर्थिक बर्षमा सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख थियो । सो मध्ये नियमित गर्नु पर्ने बेरुजु ६८ प्रतिशत, असुल गर्नु पर्ने बेरुजु २४ प्रतिशत र पेश्कि ६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । सो भन्दा अघिल्लो आर्थिक बर्षमा बेरुजु ९५ अर्ब ६० करोड रुपैयाँ रहेको प्रतिवेदनमा जनाइएको छ ।महालेखाका अनुसार, ०७६ ७७ सम्म बेरुजु र कुल बक्यौता रकम ६ खर्ब ६४ अर्ब रुपैयाँ थियो । अघिल्लो आर्थिक बर्षसम्ममा बेरुजु र बक्यौता रकम झण्डै १२ खर्ब पुगेको थियो । यो बर्ष एक खर्ब थपिएर १३ खर्ब कट्ने जनाइएको छ ।
बिज्ञापन
महालेखाले संघीय मन्त्रालय तथा निकाय, प्रदेश, स्थानीय तह, समिति र अन्य संस्था तथा संगठित संस्था समेत गरी ५ हजार ६ सय संस्थाको लेखा परीक्षण गर्दा आर्थिक कारोबार र अन्य काम कारवाहीको लेखापरीक्षण गर्दा महालेखाले सो बेरुजु भेटेर कायम गरेको हो । गत आर्थिक बर्षमा १ खर्बभन्दा बढी बेरुजु थपिने झण्डै १३ खर्ब क्रस हुने देखिएको छ । रीत नपुर्याई गरेको कारोबार, राख्नुपर्ने लेखा नराखेको वा बेमनासिब तरिकाले खर्च गरेको रकम बेरुजु भनिन्छ । सरकारले राज्यका विभिन्न निकायमा विनियोजन गरेको खर्च भएपछि कानून बमोजिम भुक्तानी भए/नभएको विषयमा महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षण गर्छ ।
उसले त्यसक्रममा कानून अनुसार खर्च भए/नभएको, खर्चको औचित्य पुष्टि हुने कागजात राखे/नराखेको र खर्चको सदुपयोगको विषयमा समेत लेखापरीक्षण गर्छ ।
बिज्ञापन
त्यसक्रममा कानून विपरीत खर्च भएमा, खर्चको औचित्य पुष्टि हुन नसकेमा, कानूनसम्मत खर्च भएपछि त्यसको कागजात र प्रमाण पेस गर्न नसकेमा महालेखाले त्यसमाथि प्रश्न उठाइ बेरुजु लेख्दै आएको छ,महालेखाले ।