बर्ष दिनमै एक खर्ब अनियमित खर्च,१३ खर्ब नाग्यो बेरुजुको भ्योल्युम

सरकारी निकायहरुको हिसाब किताबको लेखाजोखा राख्दै आएको महालेखा परीक्षकको कार्यालयले आज आफ्नो ६२ औं प्रतिवेदन सार्वजनिक गर्दै छ । महालेखाले आर्थिक बर्ष ८०/ ८१ को प्रतिवेदनमा विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा वेरुजु उल्लेख गरिएको छ ।बर्ष दिनमै भएको झण्डै एक खर्ब अनियमित खर्चको विस्तृत विवरणसहितको प्रतिवेदन आज राष्ट्रपति समक्ष पेश गर्न लागेको हो महालेखाले ।

बिज्ञापन

प्रतिवेदन बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने महालेखाको तयारी छ । सो लगतै प्रतिवेदन सार्वजनिक गरिने सो कार्यालयले जनाएको छ ।महालेखाका अनुसार,बेरुजुको भ्योल्युम अत्यासलाग्दो ढङ्गबाट बढिरहेको छ । गत आर्थिक बर्षमा एक खर्बभन्दा बढी वेरुजु थपिएको जनाइएको छ । यस अघिको आर्थिक बर्षमा सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख थियो । सो मध्ये नियमित गर्नु पर्ने बेरुजु ६८ प्रतिशत, असुल गर्नु पर्ने बेरुजु २४ प्रतिशत र पेश्कि ६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । सो भन्दा अघिल्लो आर्थिक बर्षमा बेरुजु ९५ अर्ब ६० करोड रुपैयाँ रहेको प्रतिवेदनमा जनाइएको छ ।महालेखाका अनुसार, ०७६ ७७ सम्म बेरुजु र कुल बक्यौता रकम ६ खर्ब ६४ अर्ब रुपैयाँ थियो । अघिल्लो आर्थिक बर्षसम्ममा बेरुजु र बक्यौता रकम झण्डै १२ खर्ब पुगेको थियो । यो बर्ष एक खर्ब थपिएर १३ खर्ब कट्ने जनाइएको छ ।

बिज्ञापन

महालेखाले संघीय मन्त्रालय तथा निकाय, प्रदेश, स्थानीय तह, समिति र अन्य संस्था तथा संगठित संस्था समेत गरी ५ हजार ६ सय संस्थाको लेखा परीक्षण गर्दा आर्थिक कारोबार र अन्य काम कारवाहीको लेखापरीक्षण गर्दा महालेखाले सो बेरुजु भेटेर कायम गरेको हो । गत आर्थिक बर्षमा १ खर्बभन्दा बढी बेरुजु थपिने झण्डै १३ खर्ब क्रस हुने देखिएको छ । रीत नपुर्‍याई गरेको कारोबार, राख्नुपर्ने लेखा नराखेको वा बेमनासिब तरिकाले खर्च गरेको रकम बेरुजु भनिन्छ । सरकारले राज्यका विभिन्न निकायमा विनियोजन गरेको खर्च भएपछि कानून बमोजिम भुक्तानी भए/नभएको विषयमा महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षण गर्छ ।

उसले त्यसक्रममा कानून अनुसार खर्च भए/नभएको, खर्चको औचित्य पुष्टि हुने कागजात राखे/नराखेको र खर्चको सदुपयोगको विषयमा समेत लेखापरीक्षण गर्छ ।

बिज्ञापन

त्यसक्रममा कानून विपरीत खर्च भएमा, खर्चको औचित्य पुष्टि हुन नसकेमा, कानूनसम्मत खर्च भएपछि त्यसको कागजात र प्रमाण पेस गर्न नसकेमा महालेखाले त्यसमाथि प्रश्न उठाइ बेरुजु लेख्दै आएको छ,महालेखाले ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष