उपत्यकाका ९ प्रहरी वृत्तका इञ्चार्जसहित १२१ डिएसपीको एकै पटक सरुवा

नेपाल प्रहरीले एकै पटक १२१ जना प्रहरी नायव उपनिरीक्षकको सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक दीपक थापाले वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार काठमाडौँ उपत्यकाका ३ जिल्लामा पनि ९ वटा प्रहरी वृत्तका इन्चार्ज परिवर्तन भएका छन्। जस अनुसार,प्रहरी परिसर काठमाडौँका डीएसपी हरि खतिवडा नयाँबानेश्वर पुगेका छन् भने प्रहरी वृत्त थानकोटमा एलिजा गिरीलाई पठाइएको छ । यस्तै बालाजु वृत्तमा ज्ञानबहादुर बिष्टलाई लगिँदा नगरप्रहरी कार्यालय भृकुटीमण्डपमा मञ्जिल मुकारुङ, कालीमाटी वृत्तमा मधुकुमार थापा र कीर्तिपुर वृत्तमा राजबाबु महर्जन सरुवा भएका छन्। यस्का अलवा भक्तपुरको ठिमीमा नवराज ढुंगाना, ललितपुरको चापागाउँ वृत्तमा यमकुमार श्रेष्ठ र सातदोबाटो वृत्तमा रामकुमार यादवलाई सरुवा गरिएको हेर्डक्वार्टरले जनाएको छ ।

बिज्ञापन

 

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष