सुव्वासँग हाकिम खुस,भक्तपुर मालपोतमा दैनिक पाँच लाख घुस

जुन कार्यालयमा बस्यो त्यही विवादमा पर्दै आएका उपसचिव हुन कुमार आचार्य । यस अघि भैरहवा मालपोतमा हुँदा सरकारी जग्गा नै व्यक्तिको नाममा पार्ने खेलाडी उनै आचार्य बर्ष दिनदेखि भक्तपुर मालपोतका कार्यालय प्रमुखको कुर्सीमा छन् । यस अघि उनका दाहिने हात थिए,आफ्नै काका ।

बिज्ञापन

काका सरुवा भएर हिडेपछि कार्यालय प्रमुख भतिजले सेटिङ कलामा निपूर्ण अर्काे अर्काे सुव्वालाई सोही कार्यालयमा हर्ताकर्ता बनाएर मात्र भित्र्याएका छैनन्,यस अघि काकाले सम्हाल्दै आएको जिम्मेवारी तिनै सुव्वालाई दिएका छन् ।

बिज्ञापन

यो प्रंसग हो भक्तपुर मालपोतको । त्यहाँका कार्यलय प्रमुख छन्,कुमार आचार्य,त्यहाँ उनले नासु टेकबहादुर खड्कालाई लगेका छन् । नेपाली काँग्रेस निकट मानिने उनी उदयपुर गाईघाटका हुन । आफ्नै गृहजिल्लाको मातपोत कार्यालयमा कार्यरत रहेका उनी पूर्वमन्त्री खड्का,भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक पद्यनिधि सोतिलगायतलाई प्रयोग गरेर भक्तपुर मालपोत पुगेका हुन ।

स्रोतका अनुसार तत्कालीन महानिर्देशक सोति मार्फत नै टेकबहादुर खड्का उदयपुरबाट भक्तपुर मालपोतमा भित्रिएका हुन । उनी झण्डै डेढ वर्षदेखि त्यहाँको रजिस्ट्रेसन शाखामा कार्यरत थिए। कार्यालय प्रमुख कुमार आचार्यका काका नाता पर्ने यदुनाथ त्यहाँबाट सरुवा भएर डिल्लीबजार हिडेसँगै अहिले सो कार्यालयका हर्ताकर्ता बन्न पुगेका छन् खड्का । अहिले उनको शाखाले सबैभन्दा बढी घरजग्गा तथा प्लटिङ कारोवार हुने छालिङ, दधिकोट, बालकोट, ताथली, बागेश्वरी, नगरकोट क्षेत्रमा कानुन बिपरित दर्ता,छुट दर्ताको काम गरिरहेको गुनासो छ ।
यस्का अलवा चाँगुनारायण, सिपाडोल पनि हेर्दै आएको छ,उक्त शाखाले ।

बिज्ञापन

कर्मचारी संकेत नम्बर २००५१८ भएका खड्का मालपोतको बिषयमा जानकार कर्मचारी होइनन् । उनकै सहकर्मीहरुका अनुसार, उनी नबुझेका बिषय सिक्न उति रुची राख्दैनन् तर उठ्तीपुठ्तीमा सिपालु मानिन्छन् ।

खड्काकै कार्य शैलीको कारण लेखापढी व्यवसायीहरुले सास्ती खेप्नु परेको गुनासो गरेका छन् । कर्मचारी प्रेसको सम्र्पकमा आएका एक लेखापढी व्यवसायीका अनुसार, सानो सानो कुरामा समेत अनावश्यक कागजात माग्ने, झमेला दिने, ढिलासुस्ती गर्ने काम गर्दै आएका छन् । टेबुल मुनीबाट मिलाउनेहरुको काम फटाफट गर्ने गरेको आरोप छ उनीमाथि ।

अहिले त्यहाँ कार्यालय प्रमुख आचार्य र खड्काको साँठगाँठ यतिसम्म छ कि उनी कार्यालय प्रमुखकै गाडीमा घर जाने आउने गर्दै आएका टछन् । उसो त दुवैको श्रीमती शिक्षक हुन,एउटै विद्यालयमा पढाँउछन् ।

उक्त शाखाबाट दैनिक ५ लाखभन्दा बढी उठाउने गरेको विभागका कर्मचारीहरू बताउँछन्। कार्यालय प्रमुखसँग बिहान बेलुका सँगै आउजाउ गर्नुको कारण चाहिँ दिनभरको हिसाब किताब गाडीमा मिलाउने उदेश्यले भएको कर्मचारीहरु बताउँछन् ।
यो बिषयमा खड्कासँग प्रतिक्रिया लिन पटक पटक सम्पर्क प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गाउँपालिकामा निमित्तको राज निमिट्यान्न पार्दै सरकार,४१ नगरपालिकामा अझैं छैनन् प्रमुख प्रशासकीय

सामान्यमा ‘रैथाने’ कर्मचारीको रजगज,नयाँ सरकारले चलाउने देखाएन हिम्मत

सिंहदरबारभित्र ‘रजगज’ गर्दै आएका कर्मचारीलाई खटाइयो स्थानीय तहमा (सरुवा सूचीसहित)

चैत्र मसान्तभित्रै कार्यविवरण अद्यावद्यिक गर्ने सामान्य प्रशासनको परिपत्र

मुख्य सचिवको कडा परिपत्र : कार्यालयमा भ्रष्टाचार भएमा प्रमुख पहिलो जिम्मेवार

पूर्वमन्त्रीको घुसकाण्डको छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

एमसीसी खारेज गर्नुपर्छ संसद साम्पाङ

‘रास्वपाको जादुमयी विजयमा नेपाली सेना,बारबार फाउण्डेसन र सुशीला सरकारको ठूलो योगदान’

बिशेष