जुन कार्यालयमा बस्यो त्यही विवादमा पर्दै आएका उपसचिव हुन कुमार आचार्य । यस अघि भैरहवा मालपोतमा हुँदा सरकारी जग्गा नै व्यक्तिको नाममा पार्ने खेलाडी उनै आचार्य बर्ष दिनदेखि भक्तपुर मालपोतका कार्यालय प्रमुखको कुर्सीमा छन् । यस अघि उनका दाहिने हात थिए,आफ्नै काका ।
बिज्ञापन
काका सरुवा भएर हिडेपछि कार्यालय प्रमुख भतिजले सेटिङ कलामा निपूर्ण अर्काे अर्काे सुव्वालाई सोही कार्यालयमा हर्ताकर्ता बनाएर मात्र भित्र्याएका छैनन्,यस अघि काकाले सम्हाल्दै आएको जिम्मेवारी तिनै सुव्वालाई दिएका छन् ।
बिज्ञापन
यो प्रंसग हो भक्तपुर मालपोतको । त्यहाँका कार्यलय प्रमुख छन्,कुमार आचार्य,त्यहाँ उनले नासु टेकबहादुर खड्कालाई लगेका छन् । नेपाली काँग्रेस निकट मानिने उनी उदयपुर गाईघाटका हुन । पूर्व मन्त्री नारायण खड्का नातेदार बताउने टेकबहादुरले केही समय सप्तरीको सुरुङ्गा नगरपालिकामा काँग्रेसका मेयर मुक्तलाल चौधरीको दाहिने हात भएर काम गरे । आफ्नै गृहजिल्लाको मातपोत कार्यालयमा कार्यरत रहेका उनी पूर्वमन्त्री खड्का,भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक पद्यनिधि सोतिलगायतलाई प्रयोग गरेर भक्तपुर मालपोत पुगेका हुन ।
स्रोतका अनुसार तत्कालीन महानिर्देशक सोति र पूर्वमन्त्री खड्का बूढानिलकण्ठ बस्दै आएका छन् । उनीहरुमार्फत नै टेकबहादुर खड्का उदयपुरबाट भक्तपुर मालपोतमा भित्रिएका हुन । उनी झण्डै डेढ वर्षदेखि त्यहाँको रजिस्ट्रेसन शाखामा कार्यरत थिए। कार्यालय प्रमुख कुमार आचार्यका काका नाता पर्ने यदुनाथ त्यहाँबाट सरुवा भएर डिल्लीबजार हिडेसँगै अहिले सो कार्यालयका हर्ताकर्ता बन्न पुगेका छन् खड्का । अहिले उनको शाखाले सबैभन्दा बढी घरजग्गा तथा प्लटिङ कारोवार हुने छालिङ, दधिकोट, बालकोट, ताथली, बागेश्वरी, नगरकोट क्षेत्रमा कानुन बिपरित दर्ता,छुट दर्ताको काम गरिरहेको गुनासो छ ।
यस्का अलवा चाँगुनारायण, सिपाडोल पनि हेर्दै आएको छ,उक्त शाखाले ।
बिज्ञापन
कर्मचारी संकेत नम्बर २००५१८ भएका खड्का मालपोतको बिषयमा जानकार कर्मचारी होइनन् । उनकै सहकर्मीहरुका अनुसार, उनी नबुझेका बिषय सिक्न उति रुची राख्दैनन् तर उठ्तीपुठ्तीमा सिपालु मानिन्छन् ।
खड्काकै कार्य शैलीको कारण लेखापढी व्यवसायीहरुले सास्ती खेप्नु परेको गुनासो गरेका छन् । कर्मचारी प्रेसको सम्र्पकमा आएका एक लेखापढी व्यवसायीका अनुसार, सानो सानो कुरामा समेत अनावश्यक कागजात माग्ने, झमेला दिने, ढिलासुस्ती गर्ने काम गर्दै आएका छन् । टेबुल मुनीबाट मिलाउनेहरुको काम फटाफट गर्ने गरेको आरोप छ उनीमाथि ।
अहिले त्यहाँ कार्यालय प्रमुख आचार्य र खड्काको साँठगाँठ यतिसम्म छ कि उनी कार्यालय प्रमुखकै गाडीमा घर जाने आउने गर्दै आएका टछन् । उसो त दुवैको श्रीमती शिक्षक हुन,एउटै विद्यालयमा पढाँउछन् ।
कर्मचारीहरु नासुको ऐयासी जीवनशैली देखेर तिनचक खाने गरेका छन् । उनी गोठाटारमा पाँच आनामा बनेको आलिसान बङ्गलामा बस्दै आएका छन् । उक्त शाखाबाट दैनिक ५ लाखभन्दा बढी उठाउने गरेको विभागका कर्मचारीहरू बताउँछन्। कार्यालय प्रमुखसँग बिहान बेलुका सँगै आउजाउ गर्नुको कारण चाहिँ दिनभरको हिसाब किताब गाडीमा मिलाउने उदेश्यले भएको कर्मचारीहरु बताउँछन् ।
यो बिषयमा खड्कासँग प्रतिक्रिया लिन पटक पटक सम्पर्क प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।