महिना दिनमै ५ अर्ब ६७ करोड रकमान्तर,कुन शीर्षकमा कति ?

अर्थ मन्त्रालयले फागुन महिनामा ५ अर्ब ६७ करोड २३ लाख रुपैयाँ बराबरको आर्थिक सहायता, थप निकासा, रकमान्तर तथा स्रोत सहमति दिएको छ । अर्थ मन्त्रालयका विवरण अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय अन्तर्गका आयोजनमा सबैभन्दा बढी रकमान्तर गएको भेटिएको छ ।

बिज्ञापन

फागुन महिनामा सरकारले २५ लाख आर्थिक सहायता, २ अर्ब ३८ करोड थप निकासा तथा ३ अर्ब २८ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरेको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै थप बजेट निकासा विभिन्न ४६ वटा आयोजनाको लागि भएको छ । यस्तो रकम २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । अर्थ मन्त्रालयले प्रशासनिक र चालू आयोजनाका लागि ४६ शीर्षकमा २ अर्ब ३८ करोड ७ लाख ४९ हजार रुपैयाँ निकासा गरेको हो । फागुन महिनामा पुँजीगततर्फ १ करोडभन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा रकमान्तर ३ अर्ब २८ करोड ९० लाख ५१ हजार रुपैयाँ भएको छ । अर्थले ५८ शीर्षकमा रकमान्तर गरेको छ । ज्यापु संस्कृति विकास कोषलाई १० लाख तथा नेपाल संवद् न्हूदँ राष्ट्रिय संरक्षण समाजलाई १५ लाख रुपैयाँ सहायत प्रदान गरेको अर्थले जनाएको छ । फागुन महिनामा सबैभन्दा बढी राजमार्ग स्तरोन्नति तथा पुनस्र्थापना कार्यक्रमका लागि १ अर्ब ३२ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको छ । महाकाली करिडोरको नयाँ ट्रयाक निर्माण गर्न ५० करोड, रणनीतिक सडक पुल तथा निर्माण तथा पुल पुलेसा संरक्षणका लागि १९ करोड १ लाख रुपैयाँ रकमान्तर भएको छ । कान्तिराजपथ स्तरोन्नति गर्न २५ करोड ५ लाख रकमान्तर भएको छ ।

बिज्ञापन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सचिवालयलाई १ करोड ५७ लाख ८ हजार खर्च गरेको छ । अर्थ मन्त्रालयले सुझाव आयोगमा खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन डेढ करोड रकम निकासा गरेको छ ।  आयोगकै सचिवालय रहेको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रलाई ११ लाख ७५ हजार रुपैयाँ रकमान्तर गरी निकासा दिएको छ । संघीय संसद् सचिवालयको खाजा खर्चलाई थप १ करोड ५० लाख रकम निकासा गरेको छ ।

अर्थ मन्त्रालयले गत फागुन महनिमा मात्रै विभिन्न १७ वटा ऐन, नियमावली, कार्यविधि तथा मापदण्ड बनाउन स्वीकृति प्रदान गरेको छ । ती ऐन कानुन बन्दा आर्थिक दायित्व बढ्ने हुनसक्ने भएकोले अर्थको सहमति अनिवार्य चाहिन्छ ।

बिज्ञापन
सरकारी कोषबाट पारिश्रमिक पाउने व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा आवद्धता

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तरिम सरकारका चार मन्त्री लस्करै विदेश भ्रमणमा

दल र दलीय कर्मचारीको दबाबका कारण काम गर्न कठिन भएको सचिवको स्वीकारोक्ति

प्रशासनका १२,शिक्षा २ र इञ्जिनियरिङका १ सहसचिवको सरुवा :गृहमा १ भित्रदा ३ बाहिरिए

सरुवा,बढुवादेखि आयोग खारेजीसम्म : यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

काठमाडौं प्रशासनले एमालेलाई दिएन मोटरसाइकल र्याली र सभा गर्न अनुमति

सरकारी जग्गा व्यक्तिको नाममा! रंगेली मालपोतको सेटिङमा सुकुमबासी बस्ती बेचियो

बिशेष