सशस्त्र प्रहरी देश र जनताको सुरक्षामा प्रतिबद्ध छ: आईजीपी अर्याल

सशस्त्र प्रहरी देश र जनताको सुरक्षामा प्रतिबद्ध भएको सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले बताएका छन् ।

बिज्ञापन

आज सुनसरीको पकलीस्थित नम्बर–१ बराह बाहिनि मुख्यालयको २४ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले जस्तोसुकै परिस्थितिमा पनि सशस्त्र प्रहरी देश र जनताको सुरक्षामा प्रतिबद्ध भएको बताएका हुन् ।

बिज्ञापन

अर्यालले नेपाल–भारत सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्न र प्रतिबन्धित लागूऔषध कारोबार निमिट्यान्न बनाउन पनि कोशी प्रदेशका सशस्त्र प्रहरीलाई निर्देशन दिए । आईजीपी अर्यालले जनताको सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई आर्थिक लेनदेनका क्रियाकलापमा नलाग्न पनि सचेत गराएका छन् । उनले राजस्व छलि गर्नेहरूलाई पक्राउ गर्नुका साथै अवैध समान बरामद गरी सरकारी आम्दानी बढाउनेतर्फ ध्यान दिन निर्देशन दिए ।

सशस्त्र प्रहरी देशको बिषम परिस्थितिमा जन्मिएको स्मरण गर्दै आईजीपी अर्यालले देश र जनताको रक्षा गर्न र शान्ति सुरक्षा प्रदान गर्न कसैसँग सम्झौता नगर्ने बताए । उनले देश र जनताको सुरक्षामा सतिसालझैं खडा हुन पनि सशस्त्र प्रहरीहरूलाई निर्देशन दिए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

शाखा अधिकृत र उपसचिव तहका माग आकृति फाराम पठाउन परिपत्र,१२ असोजसम्म समयसीमा

सीडीई सरुवा चलखेलमा मुछिएका डिजी तानिए मन्त्रालयमा

खारेज भएका कार्यालय धमाधम ब्यूँताइदैं,विभागहरु पूरानै मन्त्रालयमा सारिँदै

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

बिशेष