यस्तो मुलुकको पछिल्लो सात महिनाको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले पछिल्लो सात महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकद्धारा प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको सात महिना अर्थात् साउनदेखि माघसम्मको अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ८३ अर्ब ४६ करोड अर्थात् ५ दशमलव ६ प्रतिशतले बढेको छ ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको माघ मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार,मुलुकको वर्तमान अर्थतन्त्र चालु खाता र शोधनान्तर स्थिति दुबै बचतमा रहेपनि अन्तर्राष्ट्रिय भूक्तानीको असन्तुलनले यो वर्ष शोधनान्तर स्थिति केहीँ खस्किन पुगेको देखिन्छ ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २१ खर्ब ५ अर्ब १४ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ६३ अर्ब ९३ करोड कायम भएको छ ।

समीक्षा अवधिमा मुलुकको चालु खाता १ खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको छ भने शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको बैंकले जनाएको छ । जबकी अघिल्लो वर्षको यसै अवधिमा चालु खाता र शोधनान्तर स्थिति क्रमशः १ खर्ब ६२ अर्ब ५२ करोड रुपियाँ र २ खर्ब ९७ अर्ब ७२ करोड रुपियाँले बचतमा रहेको थियो ।

बिज्ञापन

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९७ अर्ब २१ करोड अर्थात ४ दशमलव १ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैङ्कका अनुसार वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको हो ।

त्यस्तै, आयात १० दशमलव १ प्रतिशतले वृद्धि हुँदा निर्यात ४६ दशमलव ५ प्रतिशतले बढेको छ । ७ दशमलव ३ प्रतिशतले विप्रेषण आप्रवाह बढ्दा कूल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ५ करोड पुगेको छ । नेपाल सरकारको खर्च रु ७५४ अर्ब ८५ करोड र राजस्व परिचालन रु.६४२ अर्ब ८५ करोड रहेको छ ।

विस्तृत मुद्राप्रदाय ४ दशमलव ४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० दशमलव १ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार यस वर्ष कुल वस्तु आयात १० दशमलव १ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २ दशमलव ३ प्रतिशतले कमी आएको थियो ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Seven-Months-data-of-2081.82

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चार शाखा अधिकृत उपसचिव सिफारिस

कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सरकारी जग्गा व्यक्तिलाई दिएको आरोप

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

सरकारी शिक्षक–कर्मचारीलाई चुनावी प्रचारमा नलाग्न निर्वाचन आयोगको कडा चेतावनी

मन्त्रिपरिषद् बैठक बस्दै

बिशेष