यस्तो मुलुकको पछिल्लो सात महिनाको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले पछिल्लो सात महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकद्धारा प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको सात महिना अर्थात् साउनदेखि माघसम्मको अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ८३ अर्ब ४६ करोड अर्थात् ५ दशमलव ६ प्रतिशतले बढेको छ ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको माघ मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार,मुलुकको वर्तमान अर्थतन्त्र चालु खाता र शोधनान्तर स्थिति दुबै बचतमा रहेपनि अन्तर्राष्ट्रिय भूक्तानीको असन्तुलनले यो वर्ष शोधनान्तर स्थिति केहीँ खस्किन पुगेको देखिन्छ ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २१ खर्ब ५ अर्ब १४ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ६३ अर्ब ९३ करोड कायम भएको छ ।

समीक्षा अवधिमा मुलुकको चालु खाता १ खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको छ भने शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको बैंकले जनाएको छ । जबकी अघिल्लो वर्षको यसै अवधिमा चालु खाता र शोधनान्तर स्थिति क्रमशः १ खर्ब ६२ अर्ब ५२ करोड रुपियाँ र २ खर्ब ९७ अर्ब ७२ करोड रुपियाँले बचतमा रहेको थियो ।

बिज्ञापन

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९७ अर्ब २१ करोड अर्थात ४ दशमलव १ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैङ्कका अनुसार वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको हो ।

त्यस्तै, आयात १० दशमलव १ प्रतिशतले वृद्धि हुँदा निर्यात ४६ दशमलव ५ प्रतिशतले बढेको छ । ७ दशमलव ३ प्रतिशतले विप्रेषण आप्रवाह बढ्दा कूल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ५ करोड पुगेको छ । नेपाल सरकारको खर्च रु ७५४ अर्ब ८५ करोड र राजस्व परिचालन रु.६४२ अर्ब ८५ करोड रहेको छ ।

विस्तृत मुद्राप्रदाय ४ दशमलव ४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० दशमलव १ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार यस वर्ष कुल वस्तु आयात १० दशमलव १ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २ दशमलव ३ प्रतिशतले कमी आएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष