अर्थका सहसचिव दाहाललाई वीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी

वीमा प्राधिकरणको रिक्त रहेको अध्यक्षमा अर्थ मन्त्रालय सहसचिव मदन कुमार दाहाललाई जिम्मेवारी दिएको छ ।

बिज्ञापन

गत सोमबारमात्र बीमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियारले नागरिकता प्रकरणमा भ्रष्टाचार मुद्धा चलाएसँगै उनी स्वत निलम्बनमा परेका थिए । दुई महिना पछि अनिवार्य अवकाशमा जान लागेका सिलवाललाई भ्रष्टाचार मुद्धा चलेर निलम्बनमा गएसँगै उक्त स्थानमा सह सचिव दाहाललाई जिम्मेवारी दिएर खटाइएको हो । दाहालले अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको अध्यक्षका रूपमा काम गर्नेछन् ।

बिज्ञापन

अर्थ मन्त्रालयका कर्मचारी प्रशासन हेर्दै आएका दाहाल यस अघि सोही प्राधिकरणको सञ्चालक समितिको सदस्यको जिम्मेवारीमा रहेका थिए । अर्थ मन्त्रालयले बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका सहसचिव दाहाल बीमा प्राधिकरण अध्यक्षका रूपमा कामकाज गर्ने गरी तोकिएका हुन् ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृत हुँ भनी व्यक्तिकाे तथ्यांक लिन खोज्ने एक पक्राउ

स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखमा डा. दास

चार शाखा अधिकृत उपसचिव सिफारिस

कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सरकारी जग्गा व्यक्तिलाई दिएको आरोप

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

बिशेष