को हुन सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी ? यस्तो छ उनको बिगत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी भानुभक्त जोशीले पाएका छन् । एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र धनबहादुर बूढालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा पठाउन लागेको हो ।जीवनमा साढे दशक समय नेकपा एमालेमा व्यतित गरेर दुई बर्ष अघि एकीकृत समाजवादी पार्टीमा लागेका उनी गत बर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ऐन महरलाई पराजित गर्दै बझाङबाट निर्वाचित भएका हुन ।  ऐन बहादुर महरलाई एक हजार एक मत अन्तरले हराउँदै निर्वाचित भएका थिए ।

बिज्ञापन

२०३६ सालमा नेपालगञ्जको शिक्षा क्याम्पसमा अनेरास्ववियूबाट राजनीति प्रारम्भ गरेका जोशी २०५१ सालमा भएको मध्यावती निर्वाचनमा बझाङबाट प्रतिनिधिसभा निर्वाचनमा जित हात पारे । जोशीले २०५१ सालको मध्यावधि चुनावमा अर्जुनजंग सिहंलाई पराजित गर्दै बझाङबाट पहिलोपटक कम्युनिस्ट सांसद हुने अवसर पाएका थिए । त्यो बेलामा ३ वर्ष जति सांसदको रूपमा काम गरे ।

बिज्ञापन

२०५१ सालपछि जोशी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बझाङ १ बाट विजयी भए । त्यसपछि झलनाथ खनाल नेतृत्वको छ महिने सरकारमा उनी वनमन्त्री भएर काम गरिसकेको अनुभव छ,उनीसँग ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्यका रैथाने कर्मचारीलाई चलाउने हिम्मत गरेन, दृष्टिविहीन उपसचिवलाई पठायो स्थानीय तह

परराष्ट्र सचिव राई भन्छन् : जीएसआईमा नेपालले कुनै सहमति गरेको छैन

आत्मचेतनाद्वारा जीवनको नैतिक रूपान्तरण

मन्त्रीज्यू, यी रैथाने कर्मचारीहरूलाई हटाउन सक्नुहुन्छ ?

१७ सहसचिव,१३ उपसचिवको सरुवा

महिला कर्मचारीको टिम बनाउँदै मन्त्री

अब प्रदेशमा कार्यरत अस्थायी र करार सेवाका कर्मचारीलाई मासिक पाँच हजार भत्ता

दुई सातामै फेरिए सिडियो,चितवनमा अर्याल, तिवारीलाई भोजपुर

बिशेष