को हुन सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी ? यस्तो छ उनको बिगत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी भानुभक्त जोशीले पाएका छन् । एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र धनबहादुर बूढालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा पठाउन लागेको हो ।जीवनमा साढे दशक समय नेकपा एमालेमा व्यतित गरेर दुई बर्ष अघि एकीकृत समाजवादी पार्टीमा लागेका उनी गत बर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ऐन महरलाई पराजित गर्दै बझाङबाट निर्वाचित भएका हुन ।  ऐन बहादुर महरलाई एक हजार एक मत अन्तरले हराउँदै निर्वाचित भएका थिए ।

बिज्ञापन

२०३६ सालमा नेपालगञ्जको शिक्षा क्याम्पसमा अनेरास्ववियूबाट राजनीति प्रारम्भ गरेका जोशी २०५१ सालमा भएको मध्यावती निर्वाचनमा बझाङबाट प्रतिनिधिसभा निर्वाचनमा जित हात पारे । जोशीले २०५१ सालको मध्यावधि चुनावमा अर्जुनजंग सिहंलाई पराजित गर्दै बझाङबाट पहिलोपटक कम्युनिस्ट सांसद हुने अवसर पाएका थिए । त्यो बेलामा ३ वर्ष जति सांसदको रूपमा काम गरे ।

बिज्ञापन

२०५१ सालपछि जोशी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बझाङ १ बाट विजयी भए । त्यसपछि झलनाथ खनाल नेतृत्वको छ महिने सरकारमा उनी वनमन्त्री भएर काम गरिसकेको अनुभव छ,उनीसँग ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष