स्वघोषित विज्ञ नबन्नुस्: सडक डिभिजन काठमाडौं

सडक विभाग अन्तरगतको सडक डिभिजन काठमाडौंले वास्तविकता नबुझी स्वघोषित विज्ञ नबन्न चेतावनी दिएको छ ।

बिज्ञापन

आइतबारको सामान्य झरीले विभागको कार्यालय परिसरभित्रैको सडक हिलाम्मे भएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि वास्तविकता नबुझी स्वघोषित विज्ञ नबन्न चेतावनी दिएको हो।

बिज्ञापन

‘निर्माणाधीन सडकमा आएको समस्यालाई लिएर वास्तविकता नबुझी तथा यस किसिमका स्वाभाविक समस्यालाई बुझी बुझी पनि बुझ पचाउने, आफूलाई पूर्वाधारविज्ञ सम्झिने, स्वघोषित विज्ञहरुले भाइरल हुनका निम्ति यस किसिमको हर्कत गर्नु अझ दुर्भाग्य हो,’ डिभिजनले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सडक विभाग, सडक डिभिजन काठमाडौं मातहतका सडकहरुमा खाल्डारहित बनाउने अभियानमा जुटेको संस्थालाई यस किसिमको हर्कत भनेको मनोबल गिराउने, समाजमा नकारात्मक संदेश फैलाई देशमा केही राम्रो काम हुँदैन ।’

‘सामाजिक सञ्जालमा आएका यस किसिमका अतिरञ्जित प्रतिकृयाप्रति सजग रही वास्तविकता बुझेर मात्र प्रतिक्रिया दिन सरोकारवाला तथा सर्वसाधारणमा सडक डिभिजन काठमाडौं हार्दिक अपिल गर्दछ,’ सूचना भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

“निजामती सेवा सुधार र कर्मचारी समर्पण:- कटुवालका योजना र दृष्टिकोण”

मन्त्रीको कार्यकक्ष बनाउँदा ९० लाख स्वाहा !

बाणिज्य बिभागको अनुगमन जारी, २० उधोगको कारोबा

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

पूर्वडिजीको भक्तपुरस्थित विभिन्न १७ कित्ता जग्गा जफत

गृहमन्त्रीका भतिज विन्देश्वरको शक्तिः- रोजेकै ठाउँमा नियुक्ति

मुख्यसचिवका आफन्त तानिए,सचिवका भिनाजुलाई एयरपाेर्ट

प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचारको उजुरी

बिशेष