सरकारले एकै पटक तीन जना बरिष्ठ सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले प्राविधिक,प्रशासन र लेखा समूहका तीन जना बरिष्ठ सहसचिवहरुलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन तर्फका चक्रबहादुर बूढालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका कार्यवहाक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बुढाको नाम सचिव बढुवाका लागि एकल सिफारिस गरेको थियो। महिला, बालबालिका, लैगिङ्क तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सहसचिव बुढा जेष्ठताका आधारमा बढुवा भएका हुन ।
बिज्ञापन
यस्तै प्राविधिकतर्फ नविनराज सिंह सचिवमा बढुवा भएका छन् । सिंह हाल लगानी वोर्डमा कार्यरत छन् । यता उपमहालेखा परीक्षकमा नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।





























