बिज्ञापन
सरकारले अध्यादेशमार्फत चार वटा ऐन संशोधन गर्ने भएको छ । आजको मन्त्रिपरिषद्को बैठकले बेपत्ता भएका व्यक्तिहरूलाई मृतक घोषणा गर्ने समयावधि घटाउनेगरी ऐन संशोधन गर्ने भएको छ । हाल १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्ने व्यवस्था छ । उक्त व्यवस्थालाई छोट्याएर करिब ४५ दिन बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्नेगरी केहस् नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो ।
बिज्ञापन
यस्तै, मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो । भूमि सम्बन्धी ऐन, २०२१, जग्गा (नाप जाँच) ऐन, २०१९, मालपोत ऐन, २०३४ र भू उपयोग ऐन, २०७६ का विभिन्न व्यवस्था संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको जनाइएको छ ।
यस्तै मन्त्रिपरिषद्को बैठकले प्रशासन सेवाको रिक्त एक सचिवमा चक्रबहादुर बुढाको बढुवा भएको छ। यस अघि सचिव बढुवाका लागि एकल सिफारिस परेका महिला, बालबालिका, लैगिङ्क तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका बरिष्ठ सहसचिव बुढालाई सचिव बढुवा गर्ने निर्णय गरेको हो ।
यस्तै सरकारले प्राविधिक सचिवमा नवीनराज सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डमा कार्यरत सहसचिव सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । यस्तै उपमहालेखापरीक्षकमा चन्द्रकान्त भण्डारीको बढुवा गर्ने निर्णय गरेको छ ।





























