बिज्ञापन
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा छापा मारेको छ । विभागले बुधबार राणाको घर,बाँसबारीमा सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागका प्रहरी र कर्मचारीले अबैध र अकुत सम्पत्ति थुपारिएको आशंकामा छापा मार्ने काम भैरहेको छ ।
बिज्ञापन
बालेन्द्र सरकार ढाल्ने खेलमा लागेको, राणासँग सम्पर्क गरेको,अदालतमा सेटिङ मिलाएको आरोपमा गत असोज १० गते मध्यरात निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय,टेकूको टोलीले उनलाई पक्रेर भोलिपल्ट दिउँसो छाडेको थियो ।
यही प्रकरणमा जोडेर नख्खुू कारागारमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई भने गत शनिबार राति सिन्धुपाल्चोकको चौतारा जेल पुर्याइएको छ । बिचौलिया भनिएका इनाम सापकोटालाई समातेर सोधपुछ गरेसङ्गै राणा,एआइजी वंशी दाहाल,भट्टमाथिको निगरानीलाई बढाइएको बुझिन्छ ।
सम्पत्ति शुद्धीकरण विभाग स्रोतका अनुसार चोलेन्द्रनिकट एक ठेकेदारको घरमा समेत छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।





























