बिज्ञापन
जिल्ला प्रशासन कार्यालय लमजुङले साउन महिनाको उत्कृष्ट कर्मचारीका रूपमा नायब सुब्बा नेत्र बहादुर गुरुङलाई घोषणा गरेको छ। कार्यालयको नागरिकता शाखामा कार्यरत गुरुङलाई उत्कृष्ट कर्मचारी घोषणा गरेको हो।
बिज्ञापन
मर्स्याङदी गाउँपालिका– ३ ढगै घर भएका गुरुङले विगत २०७७ साल देखि जिल्ला प्रशासन कार्यालयमा विभिन्न समयमा विभिन्न जिम्मेवारी समालेका अनुभवी गुरुङ हाल कार्यालयको नागरिकता शाखामा रहेर सेवा प्रवाह तथा प्रशासनिक काममा जिम्मेवारी सम्हाल्दै आएका छन्। कार्यालयले कर्मचारीको कार्यसम्पादन, जिम्मेवारीप्रतिको लगनशीलता, अनुशासन र सेवाप्रतिको योगदानलाई आधार मानेर उनलाई साउन महिनाको उत्कृष्ट कर्मचारीका रूपमा छनोट गरेको जनाएको छ।
उत्कृष्ट कर्मचारी घोषित गुरुङलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले मंगलबार प्रशंसापत्र प्रदान गरे। प्रशंसापत्र प्रदान गर्दै प्रजिअ खनालले कर्मचारीको मेहनत र जिम्मेवारीप्रतिको प्रतिबद्धताको मूल्यांकनले कार्यालयमा सकारात्मक कार्यसंस्कृति विकास गर्न सहयोग पुग्ने बताए। कर्मचारीलाई प्रोत्साहित गर्ने उद्देश्यले उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गर्ने गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसले कर्मचारीलाई आफ्नो जिम्मेवारी थप प्रभावकारी रूपमा निर्वाह गर्न प्रेरणा मिल्ने कार्यालयको विश्वास छ।
बिज्ञापन
प्रशंसापत्र प्रदान कार्यक्रममा कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल लगायत कर्मचारीको उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन खरिदार दिननाथ अधिकारीले गर्नुभएको थियो ।





























