न्याय सेवा आयोगले एक सहसचिवलाई सचिवमा बढुवा सिफारिस गरेको छ । आयोगको २०८३ असोज २० गतेको निर्णयअनुसार सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानेलाई सचिव पदमा बढुवा गर्दै उनी हाल कार्यरत निकायमा सचिवमा पदस्थापन सिफारिस गरेको हो । सरकारी वकिल समूहका नेउपाने हाल वेपत्ता छानबिन आयोगमा कार्यरत छने् । उनी सोही आयोगको सचिवका लागि सिफारिस भएका छन्।
बिज्ञापन
यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव ध्रुबकुमार चौहानलाई नायब महान्यायाधिवक्तामा सरुवा सिफारिस गरिएको छ । न्याय सेवा आयोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव ध्रवकुमार चौहान लाई महान्यायाधिवक्ताको कार्यालयमा सरूवा गर्न सिफारिस गरेर सो स्थानमा नेउपानेलाई पठाउने सिफारिस गरेको हो । आगामी मन्त्रिपरिषद्को बैठकले नेउपाने र चौहानलाई बढुवा,पदस्थापन,सरुवा गर्ने निर्णय गर्नेछ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























