अरुसामा अन्तरव्यवस्थापिका सङ्घ सम्मेलन : युवा सांसद महतोद्वारा नेपालको प्रतिनिधित्व, युथ पार्लियामेन्ट फोरममा उम्मेदवारी

तान्जानियाको अरुसा सहरमा सञ्चालन भइरहेको १५३औँ अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) सम्मेलनमा नेपालको तर्फबाट युवा सांसदका रूपमा सहभागी माननीय रबिन महतोले सम्मेलनको दोस्रो दिन आयोजित युथ पार्लियामेन्ट फोरममा नेपालको प्रतिनिधित्व गर्नुभएको छ।

बिज्ञापन

युवा सांसदहरूको सहभागिता, संसद्मा युवाको प्रतिनिधित्व तथा विश्वव्यापी रूपमा युवाको राजनीतिक भूमिकाका विषयमा केन्द्रित फोरमलाई सम्बोधन गर्दै सांसद महतोले विश्वभरका संसद्मा युवाहरूको प्रतिनिधित्व अझै न्यून रहेको विषयलाई प्रमुखताका साथ उठाउनुभएको छ। उहाँले नीति निर्माणको तहमा युवाको अर्थपूर्ण सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याउँदै नेपालको वर्तमान प्रतिनिधि सभामा ४३ प्रतिशत युवा सांसदहरूको सहभागिता रहेको जानकारी गराउनुभयो।

बिज्ञापन

महतोले नेपालमा हालै गएको भोटेकोशी–त्रिशूली बाढीबाट उत्पन्न विपद् र त्यसले स्वास्थ्य क्षेत्रमा पारेको जोखिमबारे समेत फोरममा जानकारी गराउनुभयो। प्राकृतिक विपद्का कारण स्वास्थ्य पूर्वाधार, सेवा प्रवाह र नागरिकको जनजीवनमा परेको असरलाई सम्बोधन गर्न युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको उहाँको भनाइ थियो।

उहाँले विपद् तथा सङ्कट व्यवस्थापनमा युवा पुस्तालाई नेतृत्वदायी भूमिकामा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। युवाको ऊर्जा, प्रविधिसँगको पहुँच र नवीन सोचलाई सङ्कट व्यवस्थापन तथा सार्वजनिक नीतिसँग जोड्न सके विपद्का बेला प्रभावकारी प्रतिकार्य गर्न सकिने उहाँले धारणा राख्नुभयो।

बिज्ञापन

युथ पार्लियामेन्ट फोरमकै क्रममा सांसद महतोले नेपालको तर्फबाट उम्मेदवारीसमेत दर्ता गराउनुभएको छ। उहाँले फोरममा सहभागी विभिन्न देशका सांसद तथा पार्लियामेन्टेरियनहरूबीच आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आह्वान गर्नुभएको छ।

अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा विश्वभरका संसद्का प्रतिनिधिहरू सहभागी छन्। सम्मेलनले संसदीय लोकतन्त्र, युवा सहभागिता, शान्ति, विकास तथा समसामयिक विश्वव्यापी चुनौतीका विषयमा छलफल गरिरहेको छ। नेपालको तर्फबाट युवा सांसदका रूपमा महतोको सहभागिताले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपाली युवाको प्रतिनिधित्व र युवा केन्द्रित मुद्दालाई उठाउने अवसर दिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

बिशेष