प्रस्तावित १३ राजदूतविरुद्ध महिला हिंसादेखि विदेशी पिआरसहितका सात उजुरी

सरकारले विभिन्न १३ देशका निम्ति प्रस्ताव गरेका राजदूतविरुद्ध परेका उजुरी आज (खोल्ने भएको छ । संसदीय सुनुवाइ समितिमा सरकारले विभिन्न १३ देशका लागि राजदूत पदमा नियुक्ति गर्न सरकारले सिफारिस गरेका व्यक्तिहरूविरुद्ध सुनुवाइका लागि अहिले बिहान सवा ११ बजे समितिको बैठक बोलाइएको छ ।

बिज्ञापन

संघीय संसद सचिवालयका अनुसार, प्रस्तावित राजदूतउपर प्राप्त उजुरी खोल्ने, उनीहरूबाट पेस गरिएका कार्ययोजना समिति सदस्यहरूलाई वितरण गर्ने कार्यसूची तय भएको छ । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार भारतका लागि डा निश्चलनाथ पाण्डे, चीनका लागि डा।कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरवशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा मंचलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरिएको छ ।

बिज्ञापन

१३ राजदूतविरुद्ध हालसम्म सात वटा उजुरी परेका छन् । एउटै व्यक्तिविरुद्ध दुईवटा उजुरी परेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ । एक प्रस्तावित राजदूतमध्ये केहीविरुद्ध राजदूतको विगत,सार्वजनिक जिम्मेवारी,आचरण तथा राजदूत पदका लागि आवश्यक पृष्ठभूमि र उपयुक्ततासँग सम्बन्धित केही गम्भीर विषयहरू उल्लेख गर्दै केही राजदूतमा सिफारिस भएकाहरु महिला हिंसामा मुछिएका कारण अयोग्य दाबी गरिएको छ । यस्तै एक राजदूत जुन देशका लागि सिफारिस भएका हुन सोही देशको पिआर भएको बिषय समेत बाहिरिएको छ । आज सो उजुरी खोल्न लागिएको हो ।

संसदीय सुनुवाइबाट उनीहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

बिशेष