तेस्रो नम्बरका मैनाली प्राविधिक सचिवमा बढुवा, पूर्वाधार विकास मन्त्रालयमै पदस्थापन

सरकारले प्राविधिकतर्फ रिक्त रहेको सचिव पदमा सहसचिव पद्यकुमार मैनालीलाई बढुवा गर्दै पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरेको छ।

बिज्ञापन

मन्त्रिपरिषद्को आज बसेको बैठकले सचिव बढुवा सिफारिस समितिको योग्यताक्रममा तेस्रो नम्बरमा रहेका मैनालीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवासँगै उनलाई पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।

बिज्ञापन

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल असोज १३ गते अनिवार्य अवकाशमा गएपछि मन्त्रालयमा प्राविधिकतर्फ सचिव पद रिक्त थियो। सोही रिक्त पदमा बढुवाका लागि सचिव बढुवा सिफारिस समितिले तीन जना सहसचिवको नाम सरकारसमक्ष सिफारिस गरेको थियो।

लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा शुक्रबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले योग्यताक्रमअनुसार नवीनराज सिंह, मिना श्रेष्ठ र पद्यकुमार मैनालीको नाम सिफारिस गरेको थियो।

बिज्ञापन

सिफारिसको पहिलो नम्बरमा रहेका नवीनराज सिंह लगानी बोर्डमा कार्यरत छन्। उनी नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूहअन्तर्गत हाइड्रोपावर उपसमूहका सहसचिव हुन्। दोस्रो नम्बरमा रहेकी मिना श्रेष्ठ स्यानिटरी उपसमूहकी सहसचिव हुन् भने तेस्रो नम्बरमा रहेका मैनाली बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका सहसचिव हुन्।

श्रेष्ठ र मैनाली दुवै पूर्वाधार विकास मन्त्रालयमै कार्यरत रहेका थिए। सरकारले मैनालीलाई सचिवमा बढुवा गरी सोही मन्त्रालयमा पदस्थापन गरेपछि पूर्वाधार विकास मन्त्रालयले नयाँ प्राविधिक सचिव पाएको छ।

मैनालीको पदस्थापनसँगै पूर्वाधार विकास मन्त्रालयमा लामो समयदेखि रिक्त रहेको सचिव पदपूर्ति भएको छ। मन्त्रालयमा सचिव नहुँदा रोकिएका प्रशासनिक तथा प्राविधिक निर्णय र ठूला पूर्वाधार आयोजनासँग सम्बन्धित काममा समेत नयाँ सचिवको आगमनले प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

बिशेष