विदेश भ्रमणको खर्च कटौती गर्न टोलीको आकार सानो बनाउने सरकारी नीतिको खिल्ली उडाउँदै सभामुख डोलप्रसाद अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय तान्जानिया उड्न लागेका छन् । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल र संसदका महासचिव पाण्डेय तान्जिनिया जान लागेका हुन ।
बिज्ञापन
उक्त आईपीयू सम्मेलनमा सभामुख अर्यालले सम्बोधन गर्नेछन्। सभामुख अर्यालले जलवायु परिवर्तनको कारणले हालै नेपालले भोग्नु परेको अकल्पनीय क्षतिबारे सम्बोधन गर्ने कार्यसूची रहेको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले संसद् महासचिव संघको बैठकमा संसदीय प्रणाली संरचना, कोष, र क्षमता निर्माण विषयमा प्रस्तुति दिनेछन् ।
सभामुख अर्याल आइतबार बेलुका ७ बजे कताएर एयरवेजको क्यूआर ६४५ उडानमार्फत् दोहा हुँदै तान्जानिया प्रस्थान गर्ने कार्यक्रम छ । उक्त प्रतिनिधिमण्डलमा सभामुख अर्यालकी पत्नी अम्विका के सी सहित प्रतिनिधि सभाका रविन महतो, राष्ट्रिय सभाका सदस्य झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य छन् । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी, संघीय संसद् सचिवालयका सहसचिव रेखा उपाध्याय खनाल र सभामुखका निजी सचिव मधु मिजार पनि भ्रमण टोलीमा सहभागी रहेको संसद सचिवालयले जनाएको छ । केन्याको भ्रमण समेर प्रतिनिधिमण्डल असोज २७ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
बिज्ञापन
भ्रमणका नाममा हुने सरकारी खर्चमा मितव्ययी अपनाउन वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले एक टोलीमा पाँच जनाभन्दा बढी जान नमिल्ने नीति लिएको छ । तर, त्यसलाई छल्न सभामुख र महासचिवले चोरबाटो अपनाएका छन् । एकै टोलीमा जाँदा सरकारले खर्च नब्यहोर्ने भएपछि एउटै कार्यक्रममा जान दुई टोली बनाएर आइतबार तान्जानिया जान लागेका छन् । संसद् पदाधिकारीको तान्जानिया भ्रमणका कारण चालु अधिवेशन अन्त्य गराउने विषयले पनि थप प्रश्न उठाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्को चालु अधिवेशन अन्त्य गरिसकेका छन् । यससँगै सभामुख र महासचिवसहितको टोलीलाई आइतबार तान्जानिया जाने बाटो खुलेको हो ।





























