छैटौँ तहलाई राजपत्र अनंकित बनाउने प्रस्ताव

संघीय निजामती सेवा विधेयकमा अधिकृतस्तरको छैटौँ तहलाई ‘राजपत्र अनंकित’ अर्थात् सहायकस्तरमा कायम गर्ने प्रस्ताव अगाडि बढाएको छ ।

बिज्ञापन

हाल राजपत्रांकित तृतीय श्रेणीसरह मान्यता पाउँदै आएको छैटौँ तहलाई सहायकस्तरमा झार्ने प्रस्ताव प्रशासनिक क्षेत्रमा हलचल मच्चिएको छ । निजामती प्रशासनसम्बन्धी व्यवस्थामा तहगत प्रणाली लागू हुँदा अधिकृतस्तरको वर्गीकरणमा छैटौँ, सातौँ र आठौँ तहलाई समेटिएको उल्लेख गर्दै विगतमा राष्ट्रिय सभाबाट पारित विधेयकमा समेत ६ औँ, ७ औँ र ८ औँ तहलाई राजपत्रांकित तृतीय श्रेणीअन्तर्गत राखिएको थियो ।

बिज्ञापन


कर्मचारी समायोजन ऐन, २०७५ को मर्मअनुसार छैटौँ तहलाई राजपत्रांकित तृतीय श्रेणी अर्थात् अधिकृतस्तर मानेर संघ, प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन समेत गरिएको थियो। हाल सातवटै प्रदेश र देशभरका ७५३ स्थानीय तहसहित सरकारी तथा सार्वजनिक संस्थानमा छैटौँ तहका कर्मचारी अधिकृतका रूपमा कार्यरत रहेको अबस्थामा छैटौँ तहलाई अनंकित सहायक श्रेणीमा झार्ने प्रस्ताव अगाडि बढाइएको छ ।
शाखा अधिकृत हाल राजपत्रांकित तृतीय श्रेणीलाई छैटौँ तह मानिन्छ । तर, सरकारले संसद्मा दर्ता गराएको विधेयकको तह निर्धारणमा ‘छैटौँ तह’ राजपत्र अनंकितमा झारेको छ । यसअघि राजपत्रांकित प्रथम श्रेणीमा सहायक पाँचौँ मात्र समेटिएको थियो । एकैपटक अधिकृत छैटौँलाई राजपत्र अनंकित झारेर निजामती ऐनसम्बन्धी विधेयक अगाडि बढाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

बिशेष