बिज्ञापन
हिजो एकै दिन तीन सचिवहरु अनिवार्य अवकाशमा गएका छन् । यसरी अवकाशमा जानेमा प्रशासन सेवाका एक, लेखापरीक्षण समूह र अर्काे न्याय सेवाका रहेका छन् । यसरी अवकाशमा जानेमा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ, लेखापरीक्षण सेवाका वैकुण्ठबहादुर अधिकारी र नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सञ्जीवराज रेग्मी रहेका छन्। उनीहरु ५८ बर्ष सेवा अवधि र पाँच बर्ष सेवा अवधि पूरा गरेर घर फर्किएका हुन ।
यसैबीच तीन बरिष्ठ सहसचिव सचिव बढुवाका लागि सिफारिस भएका छन् । हिजो बसेको बढुवा समितिको बैठकले बरिष्ठ सहसचिवत्रय नवीनराज सिंह, मिना श्रेष्ठ र पद्यकुमार मैनालीको नाम सिफारिस गरेको हो । बढुवा सिफारिस भएकामध्ये सिंह लगाडी बोर्ड, श्रेष्ठ र मैनाली पूर्वाधार विकास मन्त्रालयमा कार्यरत छन्। आगामी मन्त्रिपरिषद्को बैठकले तीनजनामध्ये एकजनालाई सचिव बढुवा गर्नेछ। हाल पूर्वाधार विकास मन्त्रालय र जल तथा ऊर्जा आयोगमा प्राविधिक सचिव पद रिक्त छ ।





























