घर निर्माणको ‘स्ट्रक्चरल एनालाइसिस’ लगायतका काम स्वीकृत गर्न घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दीपा कार्कीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्की सो पालिकाका भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख हुन ।
बिज्ञापन
मुद्दा चलाइएकामा कार्कीसहित गोकर्णेश्वर नगरपालिका–८, की आस्मा कार्की र आशिष पौडेल पनि छन् । अख्तियारको टंगालबाट खटिएको टोलीले इन्जिनियर दिपा र आस्मालाई ६४ हजार रुपैयाँ घुससहित नगरपालिकाको कार्यालयबाट नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा आशिषसहितको मिलेमतोमा घर निर्माणका लागि नगरपालिकाबाट हुने सम्पूर्ण कार्यमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस बुझेको पाइएको अख्तियारको दाबी छ । अख्तियारले दिपा र आस्माविरुद्ध दुई लाख आठ हजार र आशिषविरुद्ध एक लाख ४४ हजार रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।





























