निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी विवाद छानबिनका लागि समिति गठन भएको छ। शुक्रबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकले रास्वपाका सांसद मनिष झाको नेतृत्वमा समिति गठन गरेको हो। आजको बैठकमा पनि सांसद खगेन्द्र सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न समितिको माग राखेका थिए । आफूले प्रमाणसहित आएका उजुरीमा पटकपटक कुरा उठाउँदा पनि चासो नराखिएको भन्दै उनले असन्तुष्टि पोखेका थिए । यसअघिका ३ जना आईजीपी भ्रष्टाचार केसमै जेल गएको भन्दै सुनारले कसको इन्ट्रेस्ट के छ भन्ने समेत आफूले राम्ररी बुझेको जिकिर गरेका थिए ।
बिज्ञापन
समितिमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार सापकोटा, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन्। यस विषयमा रास्वपा सांसद खगेन्द्र सुनारले पटक–पटक आवाज उठाएका थिए। समितिलाई दुई महिनाको समय दिइएको छ।





























