सचिव अवकाशमा गएको भोलिपल्टै फेरिए डिजी

भवन निर्माण विभागको महानिर्देशक परिवर्तन भएका छन् । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल अनिवार्य अवकाशमा गएको भोलिपल्टै शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक परिवर्तन भएका हुन । ०८१ मंसिर १६ गते शहरी विकास मन्त्रालयमा सरुवा भएका सिग्देल पछि भौतिक सचिव अवकाशमा गएसँगै भौतिकसँगै शहरीका समेत सचिवको भूमिकामा थिए ।

बिज्ञापन

शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक नियुक्तिका क्रममा ज्येष्ठ सहसचिवहरूलाई पन्छाएर रवीन्द्र बोहरालाई जिम्मेवारी दिएका थिए । सचिवको अवकाश भए लगतै
रवीन्द्र बोहराको ठाउँमा दिलीप भण्डारीलाई महानिर्देशकको जिम्मेवारी दिइएको छ । चुनावी सरकारका मन्त्री कुलमान घिसिङ हुँदा तत्कालीन मचाकाजी महर्जनलाई अधिकार सम्पन्न बागमती सभ्यता एकाइमा पठाइएको छ। विभागका उप–महानिर्देशक प्रकृण तुलाधरलाई काठमाडौं उपत्यका विकास प्राधिकरणमा जिम्मेवारीमा खटाएर बोहरालाई विभागको महानिर्देशक बनाइएको थियो । पूर्वाधार सचिव गोपाल सिग्देलले अवकाश पाएको भोलिपल्टै लखेटिएका हुन् । ठेक्का रकम, भिओ (भेरिएसन अर्डर),शहरी विकासका लागि कन्सल्टेन्सीका विवादमा मुछिँदै आएका बोहरा सिग्देललको छत्रछायामा भवन निर्माण विभागमा पुगेका थिए । त्यस अघिका सचिव रमेश सिंह हुँदा समेत उसैगरी महत्वपूर्ण जिम्मेवारी पाउने कर्मचारीमा पर्दछन्,बोहरा । सचिव घर हिडेको भोलिपल्टै पूर्वाधार मन्त्रालयले महानिर्देशक परिवर्तन गरेको बिषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

बिशेष