सर्भेक्षकविरुद्ध पौने पाँच करोड अकुत आर्जन मुद्धा,पत्नी समेत प्रतिवादी

नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुविन्द्र श्रेष्ठ भ्रष्टाचारमा तानिएका छन् । उनी विरुद्ध गैरकानूनी रूपमा ४ करोड ७४ लाख ४६ हजार ८ सय १३ रूपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेको छ । ०५३ साउन २७ गते निजामती सेवामा पाइला राखेका उनको ०८१ चैत २९ गतेसम्मको सम्पत्ति जाँच गरेको थियो । त्यसक्रममा श्रेष्ठ तथा उनका परिवारका सदस्यहरूले सार्वजनिक सेवाबाट प्राप्त तलब तथा भत्ता, जग्गा बिक्री, घरजग्गा बहाल, सवारीसाधन बिक्री, बीमा, ऋण–सापटी तथा बैंक खातामा प्राप्त विभिन्न रकमलगायतका स्रोतबाट कूल ७ करोड ७५ लाख ७८ हजार ८ सय ४० रुपैयाँ ८७ पैसा वैधानिक आय आर्जन पाइएको अख्तियारले जनाएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठ र उनकी श्रीमती कमला श्रेष्ठलाई प्रतिवादी बनाउँदै बिहीबार विशेष अदालत आरोपपत्र दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारीसाधन खरिद, छोरीहरूको अध्ययन खर्च, कर्मचारी सञ्चयकोष तथा व्यक्तिगत ऋण–सापटी भुक्तानी र बैंक मौज्दातसमेत गरी कूल १२ करोड ५० लाख २५ हजार ६ सय ५४ रुपैयाँ ३६ पैसा खर्च तथा लगानी गरेको देखिएको हो । यसरी कुल वैधानिक आयभन्दा ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ स्रोत पुष्टि हुन नसकेको अख्तियारको दाबी छ । अख्तियारका अनुसार उनले गैरकानूनी रुपमा आर्जित रकमबाट घरजग्गा, गाडी, सेयर किनी श्रीमती कमलाको नाममा समेत राखेको भेटिएसँगै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ४ करोड ७४ लाख ४६ हजार ८ सय १३ रूपैयाँ ४९ पैसा बिगो कायम गरी सोही अनुसार कैद तथा बिगो बमोजिम जरिवाना सजाय गर्न माग गरिएको छ । साथै, गैरकानूनी रूपमा आर्जन गरेको तथा लुकाएर राखिएको सम्पत्ति समेत जफत गर्न मागदाबी गरिएको छ ।

बिज्ञापन

यसैगरी, श्रेष्ठले गैरकानूनी रूपमा आर्जन गरेको अकुत सम्पत्तिबाट श्रीमती कमला श्रेष्ठको नाममा समेत घरजग्गा तथा सम्पत्ति खरिद गरेको पाइएकाले सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी श्रीमती कमला श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष