निजामती विधेयकमा ५५ वर्षमै स्वेच्छिक अवकाशदेखि तहगत प्रणालीसम्म


काठमाडौं । सरकारले संसद्मा दर्ता गरेको संघीय निजामती सेवा विधेयकले कर्मचारी प्रशासनको विद्यमान संरचना र सेवा सुविधामा महत्वपूर्ण परिवर्तन प्रस्ताव गरेको छ।

बिज्ञापन


विधेयकमा निजामती सेवाको श्रेणीगत व्यवस्था हटाएर अधिकृत चौधौँ तहदेखि सहायक पहिलो तहसम्मको तहगत प्रणाली लागू गर्ने प्रस्ताव गरिएको छ। अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम राख्दै संघीय निजामती सेवामा ११ वटा सेवा र ६ वटा क्लस्टर रहने व्यवस्था गरिएको छ।

बिज्ञापन


खुला प्रतियोगिताबाट हुने पदपूर्तिमा ४९ प्रतिशत पद समावेशी समूहका लागि छुट्याउने प्रस्ताव छ। मुख्य सचिव, सचिव, विभागीय तथा कार्यालय प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता गर्ने र त्यसैका आधारमा मूल्याङ्कन गर्ने व्यवस्था पनि विधेयकमा छ।


सरुवा, पदस्थापन र वृत्ति विकासलाई व्यवस्थित गर्न मुख्य सचिवको अध्यक्षतामा निजामती सेवा बोर्ड गठन गर्ने प्रस्ताव गरिएको छ। न्यूनतम सात वर्ष सेवा र पछिल्ला तीन वर्षमा उत्कृष्ट कार्यसम्पादन भएका कर्मचारीलाई एक तह वृद्धि गर्ने व्यवस्था पनि समेटिएको छ।

बिज्ञापन


नयाँ नियुक्त हुने कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण लागू गर्ने प्रस्ताव छ। त्यस्तै, ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका र पेन्सनका लागि न्यूनतम २० वर्ष सेवा पुगेका कर्मचारीले स्वेच्छिक अवकाश लिन सक्नेछन्। यस्तो अवकाशमा बाँकी सेवा अवधिको निश्चित हिस्सा गणना गरी पेन्सन तथा उपदान बढाउने सुविधा प्रस्ताव गरिएको छ।
विशिष्ट तथा प्रथम श्रेणीका अधिकारीलाई अवकाश वा राजीनामापछि दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा सरकारी पदमा नियुक्त हुन रोक लगाउने व्यवस्था पनि विधेयकमा छ। सञ्चित बिदा, उपचार खर्चलगायत अवकाशसँग सम्बन्धित सुविधासमेत एकमुष्ट भुक्तानी गर्ने प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष