बिज्ञापन
कृषि वन तथा वातावरण मन्त्रालयले उपसचिवस्तरका २२ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले गत असोज ८ को निर्णय अनुसार ती उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको भए पनि बल्ल ती सूची आज सार्वजनिक गरेको हो ।
बिज्ञापन
सरुवाको सूची अनुसार,हरिभद्र आचार्यलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पदस्थापन गरेको छ । यस्तै,विभागबाट मनोजकुमार ठाकुरलाई बर्दिया राष्ट्रिय निकुञ्जमा बरिष्ठ संरक्षण अधिकृतको रुपमा खटाएको छ । डा गणेश पन्तलाई विभागमै पदस्थापन गरिएको छ । श्यामकुमार साहलाई लाङटाङ राष्ट्रिय निकुञ्जबाट विभागमा,ढोरपाटनबाट अणनाथ बराललाई शिवपुरी राष्ट्रिय निकुञ्जमा,डिल बहादुर पुर्जा पुनलाई चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जबाट सुष्मा राना विभागमा ल्याइएको छ । शिवपुरीबाट विष्णुकुमार श्रेष्ठ लामटाङ पुगेका छन् ।





























